जनकल्याण साकोसको २७ औं साधारण सम्पन्न

-


     सृजना बराल    
     मंसिर २२ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सम्पन्न भएको छ । शनिबार यशोब्रम्ह मा.विको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि लमजुङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ रहनुभएको थियो ।

सहकारीका अध्यक्ष गमबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष दनाईले सहकारीको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष निर्मला दनाईले आय व्यय प्रतिबदेन र सहकारीका प्रवन्धक सञ्जिव खनियाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष चित्र बहादुर दनाई, सल्लाहकार अम्बिकाप्रसाद घिमिरे, पुर्व अध्यक्ष करुणनिधी दनाई, यशोब्रह्म माविका प्र.अ सुर्यप्रसाद बराल, सेयर सदस्य शिव परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वडा नं ३ का वडा सदस्यहरु उषा बराल, महेश भूजेल, कृष्ण भुजेल लगायतको उपस्थिती रहेको थियो ।

यशोब्रह्म माविबाट एस.ई ई मा ए प्लस ल्याउने हिमाल विक

साधारण सभा कार्यक्रमको अबसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ८० वर्ष नाघेका २ जना ज्येष्ठ नागरिक गुरु प्रसाद श्रेष्ठ र खड्का बहादुर थापालाई सम्मान गरिएको थियो । त्यस्तैगरी सहकारीको कार्य क्षेत्र भित्र रहेको यशोब्रह्म माविबाट एस.ई ई मा ए ग्रेड ल्याउने हिमाल विक, संस्थामा राम्रो कारोबार गर्ने सजिन दनाई र केदारकुमारी श्रेष्ठ, उत्कृष्ट बाल बचत गर्ने सुगम लोहनी र भिमलेन गुरुङ, उत्कृष्ठ बचतकर्तामा तिलकुमारी घिमिरे र कर्ण परियार, सहकारीका पुर्व सञ्चालक समितिका विभिन्न पदमा बसेर काम गर्ने करुणनिधि दनाई, सरस्वती दनाई, शिव परियार, पुन्यकुमारी सिलवाललाई सम्मान गरिएको थियो ।

सहकारीका सचिब महेन्द्र दनाईले सहजिकरण गर्नु भएको कार्यक्रम उपाध्यक्ष बृजलाल श्रेष्ठ स्वागत मन्तव्य गर्नुभएको थियो ।

२०५४ सालमा स्थापना भएको संस्थाको हाल ६ सय ३५ जना सेयर सदस्य र १ सय ५८ जना बाल बचतकर्ता रहेका छन् भने ३६ लाख ४४ हजार ७ सय कुल शेयर पुँजी रहेको छ ।