
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले आफ्नो छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाउने तयारी गरेको छ । अभियानको मंसिर २५ गते बसेको केन्द्रीय समितिको बैठकले यही मंसिर २९ गते बेसीशहरको जिल्ला समन्वय समिति लमजुङको सभाहलमा मनाउने निर्णय गरेको हो ।
जन्मदिनमा वृक्षरोपण अभियानलाई प्रचारप्रसार गरी योगदान दिएको भन्दै स्थापना दिवशको अवसर पारी जिल्लामा क्रियाशिल २ जना पत्रकारहरुलाई सम्मान गर्ने निर्णय भएको अभियानका परिकल्पनाकार एवम् अध्यक्ष बासुदेव सेढाईले बताउनुभयो ।

संस्थाले स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक एबं नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका निबर्तमान उपाध्यक्षमा कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त वृक्षारोपण स्मृति पुरस्कार र नयाँ दिप डट कम कि सम्पादक सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट पुरस्कृत गरी सम्मान गर्ने निर्णय गरेको अध्यक्ष सेढाइले बताउनुभयो ।
अभियान सुरुवात भएदेखि नै पवित्र भावनाका साथ मन वचन कर्मले अभियानको सधैं भलो चिताएर प्रचारप्रसार गर्दै आजका दिनसम्म ल्याउन महत्वपूर्ण भुमिका खेलेकोले सम्मान गर्न लागिएको अभियाानले जनाएको छ ।
प्रकृति वातावरण संरक्षण, प्राणी जगतको रक्षा, आर्थिक उन्नती, असल र सभ्य संस्कारको विकास र सर्वगुण सम्पन्न मानवको परिकल्पना गर्दै लमजुङ जिल्लाबाट सुरुवात भएको अभियान हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।

२०८१ मंसिर २९ गते अभियानले विविध साहित्यिक, सांस्कृतिक र सांगीतिक कार्यक्रमका साथ जागरण कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न गर्ने तयारी गरेको अभियानले जनाएको छ ।