लमजुङ जेसिसको १५ औं पदस्थापन कार्यक्रम सम्पन्न

-


     भरतबाबु घिमिरे     
     माघ ११ गते २०८१ मा प्रकाशित


लमजुङ जेसिसले १५ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बेसीशहरमा भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेल रहनुभएको थियो ।लमजुङ जेसिस वर्ष २०२४ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ विषेश अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

लमजुङ जेसिस बर्ष २०२५ का नवनिर्वाचित टिम

कार्यक्रममा जेसिस वर्ष २०२४ अध्यक्ष श्रेष्ठले २०२५ का कार्यकारिणी समिति अध्यक्ष लगायतलाई सफत खुवाई पद हस्तान्तरण गर्नुभएको थियो । २०२५ का नवनिर्वाचित अध्यक्षमा प्रतिजगं तामाङ, उपाध्यक्षमा अभिषेक पौडेल, उपाध्यक्ष आयुष दिक्षित, निर्वाचित उपाध्यक्ष हरीबहादुर घिमिरे र तुलबहादुर गुरुङ, निर्वाचित कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङ र शान्ती श्रेष्ठ रहनुभएको छ ।

यसैगरी गतवर्ष विषेश योगदान पु¥याउने जेसिस सदस्यहरुलाई विभिन्न विधामा सम्मान एवं पुरस्कृत गरिएको थियो । जसमा शोभा पौडेल, कुमार अर्याल, सुदर्शन खतिवडा, सुनिता अधिकारी, पायल दनाई, प्रेमबहादुर गुरुङ र रन्जना विक रहनुभएको छ ।

कार्यक्रममा जेसिस कुमार अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने वर्ष २०२४ का महासचिव सुदर्शन खतिवडाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोर्डका सम्पूर्ण सदस्यहरुलाई पनि सम्मान गर्दै मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा जिल्लाका जेसिस पूर्व अध्यक्षहरु, सदस्यहरु लगायत छिमेकी जिल्लाका जेसिसका अध्यक्ष लगायत प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।