
लमजुङ जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवाहरु थप भएपछि सुविधा पाउने भएपछि विरामीहरुलाइ सहज भएको छ । अस्पतालले हालै मात्रै इन्डस्कोपी सेवा र आई.सि.यु सेवा थप गरेपछि यो विरामीहरुलाई सहज भएको हो ।
२०४२ सालबाट सुरु भएको अस्पताल ४० वर्ष पछि गत असोज महिनादेखि मेडिकल आई.सि.यु कक्षको सुरुवात गरेको थियो । यो अवधिमा हालसम्म ३ सय ५० जनाले आई.सि.यु कक्षको उपयोग गरिसकेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा ५ वटा शैया आई.सि.यु सुरु गरेको थियो भने स्वास्थ्य मन्त्रालयको समन्वयमा जिल्ला अस्पताल तनहुँले १,१ वटा डायलसिस मेसिन र भन्टिलेटर सहयोग गरेका छ । यस्ता सुविधा जिल्ला अस्पतालमा नै पाएपछि विरामीहरुलाई जिल्ला बाहिर दौडनुपर्ने समस्याबाट केही हद सम्म भएपछि मुक्ति मिलेको छ ।
अस्पतालमा केहि अघि मात्रै इन्डस्कोपी सेवा समेत सुरु गरिएको छ । सेवा सुरु गरेको केही दिनमा नै अस्पतालबाट ११ जनाले सेवा लिएको अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले बताउनुभयो ।

मृगौला पिडितहरुका लागि गतवर्षबाट सुरु भएको डायलासिस मेसिन हाल ९ वटा रहेको र डायलासिस गर्न आउने सबै विरामीहरुलाई नकुराईकन (जेरो वयटिङ) सहज रुपमा सेवा दिन सकिएको अस्पतालका प्रमुख मेसु देवकोटाले बताउनुभयो । हाल ४७ जना मृगौला रोगबाट पिडित विरामीहरुले जिल्ला अस्पलातमा नै डायलसिस गराईरहेका छन् । जिल्ला भित्र नै धेरै सेवा सुविधा पाएपछि विरामीहरुलाई निकै पनि सहज भएको मृगौला पिडितहरु बताउछन् ।
गतवर्ष २०८० सालको असोज महिनाबाट प्रदेश सरकार अन्तरगत रही सेवा सुचारु गरेको अस्पतालले विभिन्न सेवा सुविधा थप गर्दै गै रहेको अस्पतालका अध्यक्ष हरीजगं तामाङले बताउनुभयो । अव छिट्टै नै बच्चाहरुको लागि एन.आई.सि.यु र अपरेसन गरेका विरामीहरुका लागि आवश्यक पर्ने एस.आई.सि.यु कक्ष को सुरुवात गर्ने तयारी भएको अध्यक्ष तामाङको भनाई छ ।
लमजुङ लगायत छिमेकी जिल्लाहरु तनहुँ, गोर्खा र मनाङ सम्मका दैनिक ४ देखि ५ सयको हाराहारीमा विरामीहरु आउने अस्पताललाई थप नयाँ उपकरणहरुको व्यवस्था गरी व्यवस्थित, गुणस्तरीय बनाउँदै र विशेषज्ञ सेवा प्रदान गरी अघि बढेको अस्पतालले बताएको छ ।