राष्ट्रिय

शिक्षकलाई नविनतम् अवधारणा सम्वन्धी अभिमुखीकरण

लमजुङका शिक्षकहरुलाई नविनतम् अवधारणा सम्वन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ । नेत्रहिन संघ लमजुङका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममााम सामाजिक विकास कार्यालय लमजुङका प्रमुख सन्तोष पौडेलले अपाङ्ताको परिभाषा र वर्गिकरणको बारेमा जानकारी गराउनुभएको थियो । पौडेलले अपाङ्गतालाई १० प्रकारका बर्गिकरण गरिएकोमा यसलाई छुट्याएर पूर्ण अशक्त, अति असक्त, मध्यम अपाङ्गता र सामान्तय अपाङ्गता गरी ४ भागमा छुट्याएर सरकारले दिने सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।त्यस्तैगरी… पुरा पढौ

प्रजिअद्धारा पत्रकारहरुसगँ छलफल

लमजुङको जिल्ला प्रशासन कार्यालयमा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहेका पत्रकारहरुसगँ भेटघाट तथा छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रजिअ बुद्धबहादुर गुरुङले जिल्लाका सञ्चारकर्मीसगँहरुसग भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्नुभएको हो । पत्रकार भेटघाट तथा छलफलका क्रममा जिल्ला भित्रका केहि आर्थिक, सामाजिक, भौतिक , भौगोलिक, राजनीतिक, तथा जनसमस्यहरुको बारेमा छ्लफल गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विवादमा रहेको जिल्लाको सुन्दरबजार खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको विषयमा, बेसीशहर नगरपालिका वडा नं १ मा… पुरा पढौ

लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ

लमजुङमा अवैध लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा अवैध लागुऔषध अफिम खेती गरिरहेको मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ बर्षिय हिमाल लामा थिङ पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामा सहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने कार्यमा… पुरा पढौ

आज रंगहरुको पर्व होली मनाइँदै

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक… पुरा पढौ

लमजुङमा कफी उत्पादन घट्दै, माग बढ्दै

लमजुङमा कफी उत्पादनमा बृद्धी हुन सकेको छैन । किसानहरुलाई उपयुक्त तालिम, अनुदान, मल, सिंचाईको अभाव तथा उत्पादित कफीको बजारको सहजता लगायतमा सहयोग भनएपछि उत्पादनमा पनि कमी हुन थालेको हो । विगत १ दशक अघि लमजुङका किसानहरु कफी खेती तर्फ निकै हौसिएका थिए । आफ्नो खाली रहेको जग्गा तथा खेतबारीमा समेत कफी खेती सुरु गरेका किसानहरुले पछिल्लो समय कफी खेती प्रति निराश भई विस्तार गर्न सकेका छैनन् । लमजुङको हावापानी कफी खेतीका लागि उपयुक्त मानिन्छ तर सहज तथा सहुलियत ऋणको उपलब्ध… पुरा पढौ

छात्रालाई कुटपिट गर्ने शिक्षकलाई निष्काशन

लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै निर्घात कुटपिट गर्ने शिक्षिकालाई विद्यालयबाट हटाइएको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएपछि विद्यालयले यस्तो निर्णय गरेको हो । आइतबार कक्षामा घोकेर आउ भनेर दिएको प्रश्नहरु नघोकेको भन्दै शिक्षिकाले छात्रालाई पिटेकी थिइन् । पिडित पक्षको माग अनुसार सोमबार बसेको पिडित छात्राको अभिभावक,… पुरा पढौ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ — माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो । पूर्वसभामुख… पुरा पढौ

मतदाता नामावली अद्यावधिक गरिदै

अहिले देशभर मतदाता अद्यावधिक कार्यक्रम संचालन भैरहको छ । लमजुङका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार देशभर फागुन २८ देखि चैत्र २२ गतेसम्म मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको हो । निर्वाचन आयोगको परिपत्र अनुसार लमजुङमा पनि निर्धारित मितिमा मतदाता नामावली अद्यावधिक गरिने जिल्ला निर्वाचन अधिकारी सापकोटाले वताउनुभयो । यथार्थ विवरण संकलनका लागि अद्यावधिकको क्रममा मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, निधन भईसकेका मतदाताको नाम हटाउने लगायतका काम हुनेछ । त्यसैगरी दोहोरो नाम भएमा हटाउने, यसअघि कसैले झुट्टा विवरण पेश गरी… पुरा पढौ

बालबालिकालाई पढ्ने बातावरण बनाउन पोषाक र शैक्षिक सामाग्री वितरण

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ को कार्यालयले वडा भित्रका बालबालिकाहरुलाई विद्यालय पोषाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वडा भित्रका ४ वटा विद्यालयका १ सय ५५ जना विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । वडा कार्यालयले यशोब्रह्म मावि, लमजुङ मावि, शिवशक्ति प्रावि र अमर प्राथमिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्म सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोषाक, कापी, पेन्सिल, रगं र ज्यामिती बाकस दिदएको छ भने ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई पोषाक सहयोग गरेको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १ सय ५७ जनाले मत दिए भने १ सय १० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये २ सय ६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १ सय ३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत… पुरा पढौ