
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ३ खुदीमा रहेको अमर माध्यमिक विद्यालयकोे ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवश विहिबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभाका सभाषद् जमिन्द्रमान घले रहनुभएको थियो भने कार्यक्रमको विषेश अतिथि मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ रहनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यमक तिर्थबहादुर बस्नेतलले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष दुधमान तामाङ, वडा नं ७ का अध्यक्ष तिलबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जितबहादुर गुरुङ, गणेश माविका प्र.अ पूर्णबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको आमा समूह विचको नृत्य प्रतियोगितामा मस्र्याङदी ३ टारीकुनाका मिलिजुली आमा समूह प्रथम वडा नं ३ ढगैका प्रगतिशित मिलिजुली आमा समूह द्धितीय र त्रिवेणी आमा समूह खुदी बजार तृतीय भएको थियो । समूह तथा विभिन्न खेलकुद तथा नृत्यमा विजयीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
विद्यालयका शिक्षक ज्ञानीमाया नखोलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कक्षा १२ की छात्रा जानकी विक र कक्षा १० छात्रा कुशुम तामाङले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।