
लमजुङको सुन्दरबजार नगरपालिकामा दशौं सुन्दरबजार महोत्सवको सुरु भयको छ ।
दशौं सुन्दरबजार महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको छ । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको आयोजक लमजुङ उद्दोक बाणिज्य सङ्घ सुन्दरबजार ईकाइले जनाएको छ ।

त्यस्तै महोत्सवमा २०० स्टलमा रहेका छन् भने स्थानिय रैथाने बाली प्रदर्शनी तथा खरिद बिक्री, स्थानीय प्रतिभाको खोजी, राष्ट्रिय स्तरका कलाकारवाट स्टेज सो, बाल उद्यान ,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरुको प्रस्तुती, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, शैक्षिक सामाग्री प्रदर्शनी, साहित्यिक कार्यक्रम, मा.बि. स्तरिय बक्तित्वकला प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक झलकहरु पनि समाबेश गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक सिजि मोटर्स र पानस यातायात सेवा रहेका छन भने राष्ट्रिय बाणिज्य बैङ्क र गोरखा ब्रुअरी टुबोर्ग बियर सहप्रायोजक रहेका छन् । महोत्सवको संरक्षकमा लमजुङ उधोग बाणिज्य संघ र मुख्य सहयोगी संस्था सुन्दरबजार नगरपालिका रहेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।
समग्र सुन्दरबजार संगै लमजुङको प्रबद्र्धनको लागि सुन्दरबजारमा २०६० साल देखि महोत्सबको आयोजना हुदै आएको छ । महोत्सब अवलोकनको लागि सर्वसाधारणलाई १०० र बिद्यार्थीको लागि ८० रुपैया टिकट दर कायम गरिएको छ ।
यहि माघ ११ गतेदेखि सुरु महोत्सव माघ २१ गते १० दिनसम्म सञ्चालन हुने महोत्सवको नेपाल सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका हुन् ।
