स्वास्थ्य

फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुने

लमजुङमा आगामी १३ गतेदेखि २७ गतेसम्म दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले यही फागुन १३ देखि २७ गतेसम्म लमजुङमा खोप लगाउने मिति तय भएको जनाएको हो । जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख खनालका अनुसार पहिलो… पुरा पढौ

लमजुङ अस्पतालको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

लमजुङ अस्पताल लमजुङको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिवार अस्पताल प्रङ्गणमा सम्पन्न भएको छ । कार्यक्रम गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन पश्चात प्रमुख अतिथि मन्त्री सिंखडाले गण्डकी प्रदेश सरकार माताहातमा अस्पताल संचालन हुन थालेपछि गुणस्तरीय सेवा कटौती हुन्छ भन्ने हल्लाका चलेको भएपनि अहिले सेवामा बृद्धि भएको, गुणस्तरीयता बढेकोे बताउनुभयो । अस्पतालका कर्मचारी माथी दुव्र्यवहार गर्ने, गाली गर्ने, धम्की वा हातपात गर्ने काम अत्यन्त निन्दनीय हो भन्दै जनताको… पुरा पढौ

लमजुङ अस्पतालमा अचानक साइरन बजेपछि थेग्न नसकिने भिड

लमजुङ अस्पतालमा विहिवार विहानै ६.३० बजे अचानक साइरन बज्छ, साइरन बज्ने वित्तिकै अस्पतालका डाक्टर, स्टाफ नर्स, लगायत सबै स्वास्थ्यकर्मीहरू आ–आफ्नो युनिटको भागदौड सहित उच्च सतर्कता अपनाउँछन् । अस्पतालमा भएका विरामी, आफन्त र आसपासका मानिस पनि के भयो भनी उत्तिखेरै अस्पतालमा ठूलो भिड लाग्छ । यत्तिकैमा मस्र्याङ्दी गाउँपालिका खुदीबाट बेसीशहर आउँदै गरेको बस दुर्घटना हुँदा २०–२२ जना घाइते भएको कुरा अस्पताल प्रमुख डा विशाल तिवारीले जानकारी गराउनु हुन्छ । लगत्तै अस्पतालमा तीनवटा एम्बुलेन्स साइरन बजाउँदै घाइते बोकेर आइपुगे, इमर्जेन्सी वार्ड घाइते,… पुरा पढौ

लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना

जिल्ला अस्पताल लमजुङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । केन्द्रको शुक्रवार एक कार्यक्रमका बिच पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन गर्नुभएको हो । रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले अस्पतालको पूर्वाधार निर्माण साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफू हरदम सहयोग गर्न तयार रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा र आम जनताका सरोकारका विषयमा सबै राजनीतिक दलको साझा धारणा साथ काम गरे मात्रै चाहे जस्तो नतिजा आउने नेता गुरुङको भनाई थियो । रक्त सञ्चार… पुरा पढौ

आज कुष्ठरोग दिवस, कुष्ठरोगबारे महत्वपूर्ण जानकारी

आज जनवरी महिनाको अन्तिम आइतबार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ । आ.व २०७९⁄०८० मा नेपालमा २ हजार ५ सय २२ जना नयाँ कुष्ट रोगी फेला परेका छन् भने गण्डकी प्रदेशमा कुष्टरोगी संख्या १ सय १९ रहेको छ , लमजुङ जिल्लामा १० जना रहेका छन् भने यो वर्ष १ जना महिला थपिएको छ । गत पुस मसान्त सम्म तोकिएका निर्देशन अनुसार ३ जनाले उपचार गरी निको भएका छन् भने ८… पुरा पढौ

अस्पतालमा लमजुङको ऐतिहासिकता झल्कदै

लमजुङ जिल्ला अस्पतालमा विभिन्न आकर्षक चित्र बनाइएको छ । जिल्लाका प्रशिद्ध धार्मिक, पर्यटकीय, ऐतिहासिक विरासत बोकेका स्थान र संरचनाहरूका चित्र बनाइएको हो । लमजुङका स्थापित चित्रकार बाबु साइँलाद्वारा मनमोहक चित्र बनाइदै छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी जानकारी मूलक चित्र हुनुपर्नेमा अन्य चित्र किन बनाइएको हो भन्ने प्रश्नमा सुन्दर र मनमोहक चित्रले मानिसको मन मश्तिष्क आनन्द बनाउँछ, रोगसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले आधा रोग त यिनै चित्र अबलोकनका कारण नै निको हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो ।… पुरा पढौ

नमुना अस्पतालमा १ वर्षमा १४ हजार बढीको उपचार

लमजुङको सुन्दरवजारमा रहेको एच.डी.सी.एस-नमुना सामुदायिक अस्पतालले १ वर्षको अवधिमा १४ हजार बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । गतवर्ष जनवरी १ तारिखदेखि एचडीसीएसले अस्पताल सञ्चालनको जिम्मा लिएको सोमबार १ वर्ष पुगेको छ ।यो अवधिमा १४ हजार ३ सय ६८ जना विरामीहरुलाई बहिरंग सेवा र यसमध्ये १ हजार १ सय २६ जना विरामीहरुलाई अन्तरंग सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा आएका विरामी मध्ये २ हजार ६ सय ६४ जनालाई आकस्मिक सेवा प्रदान गरिएको… पुरा पढौ

सुत्केरी मृत्यु प्रकरणमा विज्ञ टोलीले गर्योे छानविन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएको घटनाको विषयलाई लिएर लमजुङ आएको उच्च स्तरीय छानविन टोलीले अनुसन्धान गरेको छ । शुक्रबार टोलीले जिल्लाको छानविन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ । छानविनका क्रममा पिडित पक्षसगँ, उपचारमा संलग्न डाक्टर, अस्पताल व्यवस्थापन समिति र अस्पतालका मेसु डा. विशाल तिवारीसगँ छुट्टाछुट्टै छलफल गरेको छ । अस्पतालमा गरिएको प्रारम्भिक छानविनमा गर्भवती विकको शल्यक्रिया गाइनोलोजिस्ट डाक्टरले नै गरेकाले उपचारमा कुनै त्रुटि नभेटिएको निर्णय गरेको छ । त्यस्तै अस्पतालमा आइसियु कक्षको व्यवस्था भएको भए उपचारमा… पुरा पढौ

आमा र शिशुको मृत्यु भएको भन्दै दिनभर अस्पताल तनाबग्रस्त, भयो तीन बुँदे सहमती

शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि लमजुङको जिल्ला अस्पताल बुधबार दिनभर तनाबग्रस्त भयो । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो । पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाई अस्पतालमा तनाबग्रस्त बनाएपछि जिल्ला प्रसाशनमा बार्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिका… पुरा पढौ

विकट गाउँमा १३ करोडको अस्पताल बन्दै

लमजुङको विकट गाउँ दुधपोखरीमा सुविधा सम्पन्न अस्पतालको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।दुधपोखरी गाउँपालिकाको वडा नं २ अल्काचौरमा निर्माणाधिन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विगत २ वर्ष अघि २०७८ सालदेखि १५ शैयाको अस्पताल निर्माण कार्य सुरु भएको तत्कालिन गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले बताउनुभयो । ३ वर्षमा सक्ने लक्ष्य लिइएपनि २ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्नको अवस्थामा पुगेको बताइएको छ । संघ सरकारको १३ करोड लगानीमा ९ रोपनी जग्गामा सो अस्पताल निर्माण कार्य सुरु भएको थियो ।… पुरा पढौ