स्वास्थ्य

अस्पतालले व्यवस्थापन पक्षमा सुधार गरेको अनुगमन टोलीको निष्कर्ष

जिल्ला अस्पताल लमजुङले अस्पतालको व्यवस्थापन पक्ष सुधार गरेर ७८ नम्बर प्राप्त गरेको छ ।अस्पताल सुदृढीकरण कार्यक्रम तथा न्यूनतम सेवा मापदण्ड तय गर्नका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लमजुङ अस्पतालमा अनुगमन गरेको थियो । प्रदेश सरकारको माताहातमा गएपछि चौथो पटक गरिएको अनुगमनमा टोलीले अस्पतालले व्यवस्थापन पक्ष राम्रो सुधार गरेकोले उत्कृष्ट नम्बर ल्याएको जनाएको छ । अस्पतालले तेस्रो अनुगमनमा ७५ नम्बर प्राप्त गरेको थियो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयबाट आउनु भएका उर्मिला बराल, नवराज शर्मा, कृष्णप्रसाद पनेरु,… पुरा पढौ

क्यान्सर पीडित युवाद्वारा सहयोगको अपिल

खुट्टामा क्यान्सर भएर लामोसमय देखि उपचार गराउँदै आएका लमजुङको मध्यनेपाल नगरपालिका ३ सुर्यपालका रामचन्द्र गोतामेले उपचारका लागि आर्थिक सहयोग जुटाईदिन अपिल गरेका छन् । तीनवर्ष अघिदेखि बाँया पिडौंला घाउ भएर उपचार गराउँदै आएका ३७ वर्षीय बिरामी रामचन्द्रलाई थप उपचार गराउनुका साथै नियमित रुपमा महँगो औषधी खानुपर्ने भएको भन्दै सहयोगको अपिल गरेका हुन् । बाँया पिंडौलाको भित्री भागमा मासुको गिर्खा आएको र बढ्दै गएर पीडा समेत हुन थालेपछि परिक्षण तथा उपचारका क्रममा क्यान्सर पहिचान भएको पीडित विरामीले बताएका छन् । तीन… पुरा पढौ

डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिए

लमजुङको जिल्ला अस्पताल बेसीशहरमा डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिएका छन् । गएराती ११ बजे जिल्ला अस्पताल पुगेका बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर सन्दीप अधिकारीलाई कुटेका हुन् । सोमबार साझ पत्रकार सम्मेलन गरी अस्पताल व्यवस्थापन समितिले उक्त घटनाको सार्वजनिक गरिएको हो । सो असवरमा आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न डाक्टरले सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका बस्नेतले यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि… पुरा पढौ

५१ वटा सूचक पूरा गरेपछि बेसीशहर २ लाई बालमैत्री वडा घोषणा

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर २ लाई मंगलबार बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रथम अतिथि समेत रहनु भएका बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर २ का वडा अध्यक्ष मदन रानालाई वालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेसँगै वडा नम्बर २ बालमैत्री वडा भएको हो । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालवालिकालाई स्टेशनरी… पुरा पढौ

घन्टौं समय लगाएर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताको अन्त्य

लमजुङको दोर्दी गाउँपालिका वडा नं.८ बंसारको दुवार गाउँमा दुवार स्वास्थ्य क्लिनिक स्थापना भएको छ । घण्टौ समय लगाएर बंसार स्वास्थ्य चौकी जानू पर्ने बाध्यता भएपछि दुवारमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको हो । मंगलबार एक कार्यक्रमका बिच दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले स्वास्थ्य क्लिनिकको उद्घाटन गर्नुभएको छ ।सो अवसरमा प्रशासन एवं शिक्षा शाखा प्रमुख भिम लामिछाने, कार्यपालिका सदस्य द्वय अम्बिका मरहट्टा र लालमाया मिजार, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतको जनसमुदायको बाक्लो जनसहभागितामा रहेको थियो । दोर्दी गाउँ कार्यपालिका बैठकको बैठकले… पुरा पढौ

आज जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक कथन सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई… पुरा पढौ

जिल्ला अस्पताल लमजुङले आफ्नो स्वामित्वमा रहेको जग्गाको खोजविन गर्दै

जिल्ला अस्पताल लमजुङले आफ्नो नाममा रहेको जग्गाको खोजविन सुरु गरेको छ । अस्पतालको नाममा रहेको जग्गा अन्य सघंसस्थाले पनि प्रयोगमा ल्याएको भन्दै खोजविन सुरु गरेको हो । अस्पतालको स्वामित्वमा रहेको करिब १४ आना जग्गा रेडक्रस सोसाइटी लमजुङले र ७ रोपनी ४ आना जग्गा जनस्वास्थ्य कार्यालय लमजुङले प्रयोग गर्दै आइरहेको तत्थ्य खोजविन समितिले पत्ता लगाएको छ । अस्पतालको नाममा रहेको जग्गा यकिन गर्नको लागि अस्पतालको व्यवस्थापन समितिका सदस्य बसन्तबहादुर थापाको संयोजकत्वमा ७ सदस्यिय खोजविन समिति निमार्ण गरिएको छ । खोजविन समितिका… पुरा पढौ

बेसीशहरको फोहरको उचित व्यवस्थापन हुन सकेन

लमजुङको सदरमुकाम बेसीशहरमा फोहरको उचित व्यवस्थापन हुन सकेको छैन । विगत ९ वर्ष अघिदेखि लमजुङको सदरमुकाम बेसिशहरको फोहर मस्र्याङ्दी नदी किनारमा फालिदै आयको छ । बेसिशहर नगरपालिका ८ मा रहेको कर्पुरेश्वर पार्कको बायाँ पट्टी मस्र्याङ्घदी नदीको किनारलाई फोहर फाल्ने डम्पिङ साईड बनाईएको हो । त्यस अघि बजार क्षेत्रको गौथलि डाडाबाट नै तल फोहर फालिने गरियकोमा त्यस क्षेत्रका नागरिकले बिरोध गरेपछि मस्र्याङ्दी नदीको किनारमा फोहर फाल्न सुरु गरियको थियो । अन्य कतै फोहर फाल्ने ठाउँ नपाएपछि बढिमा २ वर्ष सम्म मात्रै… पुरा पढौ

खुल्ला मुल तथा धाराको पानी सिधै पिउन सुरक्षित नहुने, परीक्षणका क्रममा ७५ प्रतिशतमा इकोली फेला

जमिनबाट सिधै मुल वा धारामा निस्किएको पानी देख्यौं भने हामीलाई त्यो शुद्ध लाग्छ । तर लमजुङका अधिकाशं त्यस्ता मुल वा धाराबाट निस्किएका पानीका स्रोतहरुमा इकोली भेटिएको छ । इकोली भनेको मानव वा तातो रगत हुने जनावरको दिसामा हुने एक प्रकारको विषाणु हो । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जिल्लाका विभिन्न ठाउँको पानी परीक्षणका क्रममा यस्तो फेला पारेको हो । कार्यालयले जिल्लाका विभिन्न पालिकाका खानेपानी, मुल, कुवा, धारा गरी १ सय २९ स्रोतका खानेपानी परीक्षण गरेकोमा ८६ वटा स्रोतमा इकोली ग्रोथ भएको… पुरा पढौ

लमजुङ अस्पतालमा चिराफारा नगरीकन पाठेघरको सफल अप्रेशन

लमजुङ अस्पताल सरकारले लिएर सञ्चालन गर्न थालेको एक वर्ष पनि वितेको छैन तर एकपछि अर्को सफलता हासिल गर्दै गैरहेको छ । गतहप्ता दुखाई रहित प्रजनन् सेवा सफलता पूर्वक प्रदान गरेको थियो । फेरि बुधवार लमजुङ जिल्लाको उपचार सेवामा अर्को रेकर्ड तोडेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १० धुसेनी निवासी ७४ वर्षीय तिलकुमारी कोइरालाको पाठेघरको अप्रेशन भयो । तर विगतको जस्तो चिराफारा नगरीकन अप्रेशन सफल भएको हो । अप्रेशन योनीबाट नै पाठेघर निकाल्ले विधि जसलाई मेडिकल भाषामा युटेरो भजाइनल हिस्टेरेक्टो… पुरा पढौ