‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि, वर्षा र हिमपातको जोखिम

-


     नयाँ दीप    
     कार्तिक ११ गते २०८३ मा प्रकाशित


फोटो एआइ

बङ्गालको खाडीबाट विकसित भई भारततर्फ अघि बढेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने भन्दै मौसमसम्बन्धी सावधानी अपनाउन आग्रह गरिएको छ। चक्रवातसँगै भित्रिने जलवाष्पका कारण देशका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसम पूर्वानुमानअनुसार आज बुधबार देखि सुरु भएपनि विहिबार रातीदेखि कात्तिक १५ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन आवश्यक रहेको जनाइएको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल आरोहणमा रहेका पर्यटक, पर्वतारोही र सहयोगी कर्मचारीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमको अवस्था अनुकूल नभएसम्म जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै किसानलाई धानबाली भित्र्याउँदा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ। यात्रामा निस्कनुअघि मौसमको पछिल्लो पूर्वानुमान बुझ्न तथा सरकारी निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आवश्यक छ।