लमजुङ अस्पतालको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

-


     नयाँ दीप    
     माघ २६ गते २०८० मा प्रकाशित


लमजुङ अस्पताल लमजुङको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिवार अस्पताल प्रङ्गणमा सम्पन्न भएको छ । कार्यक्रम गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम उद्घाटन पश्चात प्रमुख अतिथि मन्त्री सिंखडाले गण्डकी प्रदेश सरकार माताहातमा अस्पताल संचालन हुन थालेपछि गुणस्तरीय सेवा कटौती हुन्छ भन्ने हल्लाका चलेको भएपनि अहिले सेवामा बृद्धि भएको, गुणस्तरीयता बढेकोे बताउनुभयो । अस्पतालका कर्मचारी माथी दुव्र्यवहार गर्ने, गाली गर्ने, धम्की वा हातपात गर्ने काम अत्यन्त निन्दनीय हो भन्दै जनताको सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मीको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, स्वास्थ्य तालिम केन्द्र महानिर्देशक रमेश अधिकारी, गण्डकी प्रदेश प्रयोगशाला महानिर्देशक मनमोहन मिश्र, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, राप्रपा उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, विपी काँगे्रस सभापती तेजनारायण अधिकारी, बेसीशहर न.पा वडा ८ का अध्यक्ष पवित्रा थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवकै अवसरमा शोभा श्रेष्ठ र रामबहादुर अधिकारीलाई अस्पतालका उत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गरिएको छ । अस्पताल प्रमुख डा.विशाल तिवारीले ०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

अस्पतालका कर्मचारी तथा नेपाल तामाङ घेदुङ संघले नृत्य, नाटक र गीत प्रस्तु्त गरेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको थियो । अस्पतालका सदस्य दिपक बरालले स्वागत गनुृभएको थियो भने सदस्य वासुदेव थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।