स्वास्थ्य

घर भित्रै गाडी पसे पछि तीन जना घाइते

लमजुङको सदरमुकाम बेसीशहरमा घरभित्र गाडी पसेपछि तीन जना घाइते भएका छन् । मगंलबार दिउँसो बेसीशहर ७ क्याम्पस रोडमा स्थित भित्री सडक खण्डमा एभरेष्ट बैंकबाट तमु संग्राहलय तर्फ जादै गरेको ग घ च ५०७१ नं को बोलेरो जिप ब्रेक फेल भई सिर्जना श्रेष्ठको घरमा पसेको हो । होटल संचालनमा रहेको सो घरमा गाडी ठोकिन पुग्दा त्यहाँ बसिहरेका तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेसीशहर नपा वडा नं ९ पाखाथोककी ८० वर्षिय कुमारी राउत, क्याम्पस रोडमा बस्ने ६३ बर्षिय डम्बरकुमारी… पुरा पढौ

११ दिन देखि बेपत्ता हरिराम रिमाल मर्स्याङ्दीमा मृत फेला

गत बैशाख २८ गते देखि हराईरहेका लमजुङ बेसीशहर नगरपालिका वडा नं ६ तल्लो मकैडाडाँका २० बर्षिय हरिराम रिमाल मर्स्याङ्दी नदीमा मृत अबस्थामा फेला परेका छन् । सोमबार दिउसो अन्दाजी ४ः३० बजे तिर बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । खबर पाए लगतै जिल्ला प्रहरीको टोली त्यस स्थानमा गएको डुङ्गाको माध्यमबाट शबको उद्दार गरी किनारामा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ । सोही स्थानबाट… पुरा पढौ

आगामी जेठ १३ गतेबाट बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइने

आगामी जेठ १३ गतेदेखि लमजुङमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान– २०८१ सुरु हुदैछ । आइतबार बेसीशहरमा स्वास्थ्य कार्यालय लमजुङले सरोकारवाला तथा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गरी यस्तो जानकारी गराएको हो ।सो अवसरमा स्वास्थ्यका कार्यालयका प्रमुख प्रवीणकुमार खनालले एक कार्यपत्र प्रस्तुत गर्दै खोप अभियान जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो । यो खोप सम्पूर्ण बालबालिकालाई नभई २०७३ को बैशाखदेखि २०७५ को असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्रै दिइने प्रमुख खनालले बताउनुभयो । सो समयमा जन्मिएका लमजुङका ६ हजार ६ सय ६५… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

लमजुङको दोर्दी गाउँपालिका स्थित किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–४ जीतौरेका २६ बर्षिय बिकास गुरुङको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा मृत्यु भएकोबिकास गुरुङ र उनका साथी राम्रो सँग बोलचाल गर्न नजान्ने २८ बर्षिय पन्चराम गुरुङ मिलेर किसेदी खोलामा माछा मार्न गएका थिए । स्थानीय बिन बहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा राती करिब १ बजेतिर बिकासको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता… पुरा पढौ

बेसीशहरको फ्रेस हाउसमा कुहिएको मासु

लमजुङको बेसीशहरका ३ वटा मासु पसलमा कुहिएका मासु फेला परेका छन् । सोमबार बेसीशहर बजारका फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो फेला परेको हो । बजार क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गर्दा त्रिवेणी टोलमा रहेको सगुन संगम इन्टरप्राइजेज, झिङ्गे खोलामा रहेको डि.के सप्लायर्स र मिलापको बङ्गुर फ्रेस हाउसमा फ्रिजमा राखेको मासु लामो समयसम्म राखेकोले सडेको, सरसफाइ नदेखिएको मासु काट्दा एप्रोनको प्रयोग नगरेको भन्दै आवश्यक निर्देशन सहित प्रतिव्यक्ति ५ हजार रुपैया जरिवाना लगाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो । लमजुङ… पुरा पढौ

नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल

काठमाण्डौ – नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो । यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिनुभयो । यस्तै एक जना महिलाले औसतमा बच्चा जन्माउने दर पनि दुई प्रतिशतभन्दा तल झरेको छ । एउटा महिलाले आफ्नो जीवनकालमा औसतमा एक… पुरा पढौ

ठूला होटल, पानी उद्योग तथा फार्मेसीहरु कारबाहीमा

जिल्ला प्रशासन लमजुङले बजार अनुगमनलाई तिब्र बनाएको छ । जिल्लाका मुख्य बजारमा कार्यालयले छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा सदरमुकाम बेसीशहरका ठूला होटल, औषधी पसलहरु तथा पानी कम्पनीहरु कारबाहिमा परेका छन् । अनुगमन गरेका बेसीशहरका ९ वटा फार्मेसी मध्ये ४ वटा कारबाहीमा परेका छन् । अनुगमनका क्रममाम अधिकाश मेडिकल तथा फार्मेसिहरुमा म्याद सकिएका औषधीहरु भेटिएको, पर्यटन तथा उधोग कार्यालयमा दर्ता नभएको, बिक्री विल नभएको, साइक्याट्रिक तथा नारकोटिक औषधि बिक्री वितरणको अभिलेख नपाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो ।… पुरा पढौ

छात्रालाई कुटपिट गर्ने शिक्षकलाई निष्काशन

लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै निर्घात कुटपिट गर्ने शिक्षिकालाई विद्यालयबाट हटाइएको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएपछि विद्यालयले यस्तो निर्णय गरेको हो । आइतबार कक्षामा घोकेर आउ भनेर दिएको प्रश्नहरु नघोकेको भन्दै शिक्षिकाले छात्रालाई पिटेकी थिइन् । पिडित पक्षको माग अनुसार सोमबार बसेको पिडित छात्राको अभिभावक,… पुरा पढौ

दोर्दीमा भएको निःशुल्क आँखा शिविरमा करिव १२ सय जनाको उपचार

लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा करिब ११ सय ९४ जनाले उपचार गराएका छन् । यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना, नेपाल आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोग र मुटु फाउन्डेसन काठमाडौंको सहयोगमा भएको हो । शिविर शनिबार सम्म सञ्चालन हुने भनिए पनि अत्याधिक मात्रामा विरामी आए पछि चैत ४ गते आइतबार सम्म सञ्चालन हुने भएको छ । शिविरमा उपचारका लागि आएका मध्ये पहिलो दिन ३५ जना, दोस्रो… पुरा पढौ

लमजुङ अस्पताललाई थप गुणस्तरीय बनाउन सरोकारवालाको सुझाब

लमजुङ जिल्ला अस्पताल लमजुङको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रम नेपाली कागें्रस लमजुङका सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका उपसंयोजक अशोक सापकोटा, राप्रपाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख मिनबहादुर घले, शसस्त्र प्रहरी बल रानीकुवाका… पुरा पढौ