स्वास्थ्य

रोटरी क्लवद्धारा बालबालिकालाई जाडोको पोसाक वितरण

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत बिद्यालय बिम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही बिद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको… पुरा पढौ

लमजुङ अस्पताललाई सुविधा सम्पन्न बनाइने: स्वास्थ्य मन्त्री पाठक

लमजुङ अस्पताललाई गण्डकी प्रदेशकै सुविधा सम्पन्न बनाइने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो । लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार मन्त्री पाठकले यस्तो बताउनु भएको हो । प्रदेश अस्प्तालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको मन्त्री पाठकले बताउनुभयो । त्यस्तै लमजुङ अस्पतालका लागि तत्कालै सिटिस्क्यान मेशिनको आवश्यकता खड्किएको प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले बताउनु भयो । यहाँ विशेषज्ञ सेवा थपिए पनि सिटिस्क्यान मेशिन नहुँदा अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको हुँदा यसको व्यवस्था गर्नु पहिलो प्रथामिकता… पुरा पढौ

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ

नमुना अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना

लमजुङको सुन्दबजार नगरपालिकामा रहेको एच.डि.सि.एस नमूना सामूदायिक अस्पतालले शनिबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाले सेवा लिएका छन् । अस्पतालले आयोजना गरेको एक दिने दन्त स्वास्थ्य र फिजियोथेरापी सम्बन्धी शिविरमा दन्त सेवा तर्फ ७२ जना र फिजियोथेरापी तर्फ १ सय १२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्ये महिला १ सय १२ जना र पुरुष ७२ जना रहेका छन् ।एचडिसिएस नमूना सामूदायिक अस्पतालमा दैनिक रुपमा नै दन्त स्वास्थ्य सेवा र फिजियोथेरापी सेवा उपलब्ध हुने… पुरा पढौ

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्। महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको… पुरा पढौ

निशुल्क पाठेघरको जाँच, महिलाहरुको उल्लेख्य सहभागिता

लमजुङको सदरमुकाम बेसीशहरमा महिलाहरुको लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण शिविरको आयोजना गरेको छ । लमजुङको बेसीशहरमा रहेको मोडल हस्पिटलमा संचालन भएको शिविरमा पहिलो दिन शनिबार जिल्ला भरका १ सय ७० जना महिलाहरुको जाँच गरिएको छ । जसमा ८ जनाको पाठेघरको मुख जाँच भिआइए जाँच गर्दा संकास्पद लागेर एल.वि.सि (प्याप) टेस्टको लागि पाठेघरको मुखको पानी निकालेर परीक्षणको लागि पठाइएको छ भने ब्रेस्ट जाँच गर्दा २ जनाको संकास्पद लागेर थप परीक्षणको लागि पोखरा गण्डकी अस्पताल… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

लमजुङमा साउन महिनाभर २० जनामा डेङ्गी संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार आ.व. ७९⁄८० मा २ सय ४० जनामा डेङ्गी भएको थियो भने ०८०⁄०८१ मा ५ सय ९ जनालाई डेङ्गी सङ्क्रमण भएको थियो । वर्षाका बेला घर वरपर पानी जम्ने, जम्मा भएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढ्ने खनालले बताउनुभयो । विषेश गरी असोज र कार्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी फैलने भए पनि यसको रोकथामका लागि अहिले देखि नै… पुरा पढौ

१० बर्ष पछि बेसीशहर खानेपानीको अधिवेसन, त्रिपक्षिय भिडन्त हुँदै

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको लागि उमेदवार सार्वजनिक गरिएको छ । यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो । अधिवेशनको दिन नजिकिएसगँै नेपाली काग्रेसले मंगलबार लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङ अध्यक्ष, आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्षमा उमेदवार खडा गरेको छ । त्यस्तै महिला सदस्यहरुमा… पुरा पढौ

किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण

लमजुङका विभिन्न विद्यालयका किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । विकासमा महिला नामक संस्थाले किशोरीहरुलाई सुतीको कपडाबाट बनाईएको सेनेटरी प्याड वितरण गरेको हो । बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्म मावि र लमजुङ मावि, वडा नं ६ मा रहेको गंगा मिलन माविमा गरी २ सय भन्दा बढी किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको हो । यशोब्रह्म माविमा भएको कार्यक्रम वडा नं ३ वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको थियो । विकासमा महिला संस्थाका… पुरा पढौ