गण्डकी सेरोफेरो

क्यान्सर पीडित युवाद्वारा सहयोगको अपिल

खुट्टामा क्यान्सर भएर लामोसमय देखि उपचार गराउँदै आएका लमजुङको मध्यनेपाल नगरपालिका ३ सुर्यपालका रामचन्द्र गोतामेले उपचारका लागि आर्थिक सहयोग जुटाईदिन अपिल गरेका छन् । तीनवर्ष अघिदेखि बाँया पिडौंला घाउ भएर उपचार गराउँदै आएका ३७ वर्षीय बिरामी रामचन्द्रलाई थप उपचार गराउनुका साथै नियमित रुपमा महँगो औषधी खानुपर्ने भएको भन्दै सहयोगको अपिल गरेका हुन् । बाँया पिंडौलाको भित्री भागमा मासुको गिर्खा आएको र बढ्दै गएर पीडा समेत हुन थालेपछि परिक्षण तथा उपचारका क्रममा क्यान्सर पहिचान भएको पीडित विरामीले बताएका छन् । तीन… पुरा पढौ

जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया

जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा जन्मदिनमा वृक्षरोपण अभियानको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सुन्दरबजार नगरपालिका वडा नं ७ स्थिति कृषि क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । फलफूल जडिबुटी, काठजन्य उत्पादन, अक्सिजनको महत्व, सभ्य संस्कार संस्कृति साथै अभियानले जलवायु परिवर्तनको प्रभाव रोक्न खेलेको भुमिका बारे अभियानका प्रशिक्षक बिश्व बिनोद घिमिरेले जानकारी गराउनुभयो । अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले जलवायु परिवर्तनको कारणले मानव सभ्यतामा चुनौती थपिएकोे बताएका थिए ।अभियानका आजिवन सदस्य एबं सयपत्रि आवासीय मा वि का प्रिन्सिपल ज्ञानेन्द्र शर्माले… पुरा पढौ

आन्दोलनरत शिक्षक र सरकारबीच पाँचबुदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच पाँचबुदे सहमति भए पछि असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी, करार, बाल विकास शिक्षक कर्मचारी लगायतसँग सरकारले पाँचबुदे सहमति गरेको हो । सरकार र असन्तुष्ट शिक्षकहरुबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने… पुरा पढौ

बेसीशहरमा दिनदहाडै सुन चोरी

लमजुङ सदरमुकाम बेसीशहरमा दिनदहाडै सुन चोरीका घटना बढ्दै जान थालेको छ । केहि दिन अघिमात्रै सुन चोरीको घटना सेलाउन नपाउँदै बिहिबार फेरी दिउँसै सुन चोरी भएको छ । बेसीशहर नगरपालिका –७ स्थित जनविकास माविको गेट नजिकैको एक घरबाट दिउँसै सुन चोरी भएको हो । स्थानीय सन्तबहादुर तामाङको घरबाट ८ तोला बढी सुन चोरी भएकोे प्रहरीले जनाएको छ । सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला भन्दा बढी सुन चोरी भएको बताइएको छ । तीन तले घरमा सन्तबहादुर दिउँसो… पुरा पढौ

विश्व पर्यटन दिवशमा विदेशी पर्यटकलाई ढाका टोपी लगाएर सम्मान

४४ औं विश्व पर्यटन दिवशको अवसरमा लमजुङमा विदेशी पर्यटकलाई सम्मान गरिएको छ । सदरमुकाम बेसीशहरमा आएका १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बुधबार विहान सम्मान गरिएको हो । पर्यटकहरुलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले ढाका टोपी र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातो टिका लगाई स्वागत तथा सम्मान गर्नुभएको हो । पर्यटन दिवशको अवसरमा पर्यटन तथा उद्योग कार्यालयको लमजुङको आयोजना, बेसीशहर नगरपालिकाको सहआयोजना र होटल व्यावसायी संघको समन्वयमा ‘टुरिजम एण्ड ग्रिन इन्भेस्टमेन्ट’ भन्ने मुलनाराका साथ बेसीशहरको… पुरा पढौ

युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष बस्नेतको रिहाइको माग

राष्ट्रिय युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष ऋषिराम बस्नेतको घटनाको सत्य तथ्य छानविन गरी रिहाइको माग गर्दै, जिल्ला प्रशासन कार्यालय, लमजुङमा ज्ञापन पत्र बुझाएको छ । युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो । ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका वडा नं ७ का अध्यक्ष ऋषिराम बस्नेत आफ्नो आमाको उपचारको लागि लैजादा निजको आमालाई डेंगु देखा परि भर्ना गर्ने क्रममा… पुरा पढौ

डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिए

लमजुङको जिल्ला अस्पताल बेसीशहरमा डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिएका छन् । गएराती ११ बजे जिल्ला अस्पताल पुगेका बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर सन्दीप अधिकारीलाई कुटेका हुन् । सोमबार साझ पत्रकार सम्मेलन गरी अस्पताल व्यवस्थापन समितिले उक्त घटनाको सार्वजनिक गरिएको हो । सो असवरमा आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न डाक्टरले सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका बस्नेतले यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि… पुरा पढौ

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

लमजुङका बेसीशहमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स्थायी झापा घर भई हाल बेसीशहर नगरपालिका वडा नं ३ रानीकुवामा बस्दै आएका २३ बर्षयि मनिष श्रेष्ठको मृत्यु भएको हो ।गएराती अन्दाजी पौने १२ बजे श्रेष्ठले चलाएको ना ४७ प ६४६९ नम्बरको मोटर साइकल बेसीशहर न.पा. ७ गैरीधारा नजिकै रोकिरहेको ग २ त ३८४२ नम्बरको टयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका थिए ।टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागी लमजुङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा… पुरा पढौ

सन्दर्भ शिक्षक आन्दोलनको……………

सर्वप्रथम त आफ्नो हकहितका लागी संघर्षमा उत्रनुभएका सम्पूर्ण गुरुवर्गहरुमा सफलताको लागी शुभकामना दिनै पर्छ । समाजको कुनै पनि वर्गले आफ्नो अधिकारका लागी संघर्ष गर्न पाउनु प्राकृतिक अधिकार पनि हो । अधिकार खोज्ने गुरुवर्गलाई कर्तव्यको पाठ सबैलाई के कस्तो पढाउनुभएछ ? र आफैंले के कति पढ्नु भएछ ? चिन्तन मनन गर्नुपर्ने विषय बनेको तत्थ्य समयले सिक्न पर्ने बनाएको अनुभव भैरहेको छ । म को हुँ ? भनी सबैलाई चिनाउने र बुझाउने गुरुहरुले आफ्नै परिचय कस्तो बनाउनु भएको रहेछ, अहिलेको आवश्यकताले केहि… पुरा पढौ

बोलेरो जिपको ठक्करबाट ६ बर्षिय बालकको मृत्यु

लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ। शुक्रबार बेसीशहर न,पा–३ गाउँशहरबाट बेसीशहर-२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपकाे पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो । दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भएपनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा… पुरा पढौ