गण्डकी सेरोफेरो

हामी चन्दा आतंक मच्चाउँदैनौं : रास्वपा सभापती लामिछाने

लमजुङको राइनासनगरपालिकाको गौलीटारमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नगरस्तरीय भेलाको आयोजना गरेको छ । शनिबार भएको भेलालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापती रवि लामिछाने, सांसद डा. स्वर्णिम वाग्ले लगायतको उपस्थिती रहेको थियो । रास्वपाका केन्द्रीय सभापती रवि लामिछानेले मतदाताका सामु आफूले बोलेका कुराहरु नबिर्सने भन्दै तपाईहरुले दिएको भोट खेर जाने हो कि भन्ने डर चिन्ता नगर्न अनुरोध गर्नु भयो । जनमत लिएर उत्तरदायी नभए विश्वासघात हुन्छ भन्दै सबै मिलेर एयरर्पोटबाट दिनहु देशबाट बाहिरिने हजारौं युवालाई रोक्ने काम गर्नुपर्ने उहाँको… पुरा पढौ

प्रधानमन्त्री पुष्पकलम दाहाल अमेरिका प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । संयुक्त राष्ट्रसङ्गको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात् प्रधानमन्त्री दाहाल आगामी… पुरा पढौ

समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो । शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो । अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ… पुरा पढौ

“ बाल दिवश अर्थ मनाउनुको ”

बाल दिवश आयोे भन्छन् जताततै हल्लीखल्लीप्याष्टिक र सिसा बोतल खोज्दै छु म गल्ली गल्लीजुटको बोरा साथी मेरो, ओच्छ्यान सडकपेटीबालधिकार दिनुपर्छ भन्छन् नेता ताली ठोकी । हिड्दै छु म फोहर थुप्रो भोको पेट खालीस्वास्थ्य, शिक्षा दिनुपर्छ भन्ने गर्छन् जालीन त मलार्ई दया, माया न त शिक्षा दिन्छन्हाम्रो नाम विकाउँदै डलर खेती गर्छन् । बाल दिवश मनाउँन हिड्यो जुलुस ताँतीभाषण मात्रै ठूला ठूला भेट्दा भन्छन् खातेत्यै भएर बाल दिवश अर्थ मनाउनुकोबालधिकार हनन् नहोस् भन्ने बनाउनु हो । पुरा पढौ

तीज हिजो संस्कृती आज विकृती

पहिले–पहिलेको समयमा भौतिक बिकास र प्रविधि अहिलेको जस्तो थिएन, यातायातका साधन सहज थिएन मोवाइल फोनको सुविधा थिएन, विदेश जाने लहर थिएन, थोरै जागिर बाहेक पशुपालन र खेतीपातीबाट धेरैको गुजारा चलेको हुन्थ्यो । विवाह भएर टाढा टाढा पुगेका चेलिहरु बर्षदिनको तीज मनाउन घरमा बिदा लिएर मुस्किलले माईत जान पाउथे, माईती लिन आउने बाटो हेरेर बसेका चेली माईत जान पाए खुसी हुन्थे नत्र दुखि हुन्थे । बर्षभरिको खेतीपाती र घरको कामकाजबाट आत्तिएर बसेका चेलीबेटीलाई कतिबेला माईत जान पाईन्छ भन्ने हुन्थ्यो । तीजको… पुरा पढौ

आज कुशे औंसी/बावुको मुख हेर्ने दिन, मोती जयन्ती

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका… पुरा पढौ

५१ वटा सूचक पूरा गरेपछि बेसीशहर २ लाई बालमैत्री वडा घोषणा

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर २ लाई मंगलबार बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रथम अतिथि समेत रहनु भएका बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर २ का वडा अध्यक्ष मदन रानालाई वालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेसँगै वडा नम्बर २ बालमैत्री वडा भएको हो । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालवालिकालाई स्टेशनरी… पुरा पढौ

घन्टौं समय लगाएर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताको अन्त्य

लमजुङको दोर्दी गाउँपालिका वडा नं.८ बंसारको दुवार गाउँमा दुवार स्वास्थ्य क्लिनिक स्थापना भएको छ । घण्टौ समय लगाएर बंसार स्वास्थ्य चौकी जानू पर्ने बाध्यता भएपछि दुवारमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको हो । मंगलबार एक कार्यक्रमका बिच दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले स्वास्थ्य क्लिनिकको उद्घाटन गर्नुभएको छ ।सो अवसरमा प्रशासन एवं शिक्षा शाखा प्रमुख भिम लामिछाने, कार्यपालिका सदस्य द्वय अम्बिका मरहट्टा र लालमाया मिजार, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतको जनसमुदायको बाक्लो जनसहभागितामा रहेको थियो । दोर्दी गाउँ कार्यपालिका बैठकको बैठकले… पुरा पढौ

लमजुङ जिल्ला पूर्ण विद्युतीकरण सम्पन्नको तयारीमा,

लमजुङ जिल्लाका प्राय सबै ठाउँमा विद्युत विस्तार भएपछि पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रले पूर्ण विद्युतीकरणको घोषणाको तयारी गरेको हो । विद्युत वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराइका अनुसार अब जम्मा ८५ घरधुरीमा मात्रै विजुली बल्न बाँकी छ । जिल्लाको क्होलासोथर गाउँपालिका, दुधपोखरी गाउँपालिका लगायतका केहि ठाउँमा विजुली बल्न बाँकी रहेको प्रमुख भट्टराइले बताउनुभयो । जिल्लाका केहि दुर्गम ठाउहरुमा विद्युतीकरणमा ढिलाइ भएको र हाल उक्त ठाउँहरुमा पोल गाड्ने, तार टाङ्ने जस्ता कार्यहरु भै… पुरा पढौ

आदर्श महिला तथा बाल विकास केन्द्रको भवन निर्माण शिलान्यास

लमजुङको बेसीशहर नगरपालिका–२ बोहोराबेसीमा आदर्श महिला तथा बाल विकास केन्द्रको भवन निर्माण शिलान्यास गरिएको छ । नेपाली कांग्रेस लमजुङका सभापती एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले शुक्रबार एक कार्यक्रमका विच केन्द्रको भवन निर्माण शिलान्यास गर्नुभएको हो । बालगृहको भवन शिलान्यास गर्दै डाक्टर गुरुङले आदर्श महिला तथा बाल विकास केन्द्रले स्थापनाकालदेखी नै महिलाहरुको सशक्तिकरणका साथै अभिभावकविहिन बालबालिकाहरुको सहारा बन्दै आएको उल्लेख गर्नुभयो । यस आदर्श बालगृहले असहाय बालबालिकाहरुलाई आश्रय, पालनपोषण, शिक्षादीक्षा दिनुका साथै उनीहरुकोे भविष्य उज्वल पार्न खेलेको भूमिका… पुरा पढौ