
लमजुङका बेसीशहमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स्थायी झापा घर भई हाल बेसीशहर नगरपालिका वडा नं ३ रानीकुवामा बस्दै आएका २३ बर्षयि मनिष श्रेष्ठको मृत्यु भएको हो ।
गएराती अन्दाजी पौने १२ बजे श्रेष्ठले चलाएको ना ४७ प ६४६९ नम्बरको मोटर साइकल बेसीशहर न.पा. ७ गैरीधारा नजिकै रोकिरहेको ग २ त ३८४२ नम्बरको टयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका थिए ।
टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागी लमजुङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा रातको १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नाबारे थप अनुसन्धान भैरहेको र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।