सन्दर्भ शिक्षक आन्दोलनको……………

-


     भरत बाबु घिमिरे    
     असाेज ६ गते २०८० मा प्रकाशित


सर्वप्रथम त आफ्नो हकहितका लागी संघर्षमा उत्रनुभएका सम्पूर्ण गुरुवर्गहरुमा सफलताको लागी शुभकामना दिनै पर्छ । समाजको कुनै पनि वर्गले आफ्नो अधिकारका लागी संघर्ष गर्न पाउनु प्राकृतिक अधिकार पनि हो ।

अधिकार खोज्ने गुरुवर्गलाई कर्तव्यको पाठ सबैलाई के कस्तो पढाउनुभएछ ? र आफैंले के कति पढ्नु भएछ ? चिन्तन मनन गर्नुपर्ने विषय बनेको तत्थ्य समयले सिक्न पर्ने बनाएको अनुभव भैरहेको छ । म को हुँ ? भनी सबैलाई चिनाउने र बुझाउने गुरुहरुले आफ्नै परिचय कस्तो बनाउनु भएको रहेछ, अहिलेको आवश्यकताले केहि बुझाए झैं लाग्छ ।

आफैं सकिएर अरुलाई प्रकाश बाड्ने वर्गले समाजमा सधैं सकारात्मक परिवर्तन ल्याउनुपर्ने हो तर विशाक्त राजनीतिको पृष्ठपोषण गरि हिडेंका गुरुहरुले राजनीतिक र विषेशत सत्ता परिवर्तनमा नै आफूहरुलाई रमाउँदा व्यक्ति, समाज र संस्कारको सोचमा कुनै पनि सकारात्मक परिवर्तन ल्याउन नसकेको उदाहरण उहाँहरुबाटै छताछुल्ल भै रहेका छन् ।

आफैं चिप्लेर पोष्ट गरिएका स्टाटसहरु र भनाईहरु कति सम्म जायज नैतिक र समय सान्र्दभिक छन् त्यो उहाँहरुबाटै मूल्याङ्कन हुन जरुरी देखिन्छ । उहाँहरु हिजो आत्मग्लानी गरिरहनु भएको थियो, आज खुशी हुनुभयो, फेरी भोली अस्तीको जस्तै व्यवहार गर्नुहुन्छ भने तपाईको नियती सधैं उस्तै हुन सक्छ । विगतले तपाईहरुसगँ एउटा मनोरोगले छोएको लक्षणहरु देखाएको छ ।

सत्ता र शक्तिको सधैं खोजी गर्ने राजनीतिक दलहरुले तपाईहरुको मष्तिस्कमा तेही अस्वभाविक रोगको भाइरस वृक्षारोपण गरिदिएका हुन सक्छन् र तपाई त्यसैको सिकार बन्नुभएको हुन सक्छ । बाँकी उक्त भाइरसले के कस्तो ? र कति काम गर्न सक्छ उनीहरुलाई स्पष्ट थाहा छ । कुन बेला, कुन किसिमको एन्टिवायोटिक चलाउनुपर्छ उनीहरुलाई मात्रै थाहा छ ।
त्यसैले तपाईहरु पराधिन हुनु भएको छ जस्तो लाग्छ ।

मलाई लाग्छ पहिले तपाईहरुले यसको उपचारका लागि आफू आफैंबाट कोशिस गर्नुपर्ने बेला भएको हो कि ? यहाँ सरकार के हो ? कस्तो हुनुपर्छ ? सिकाउने तपाईहरु नै हो । व्यक्ति र समाज के हो ? र कस्तो हुनुपर्छ ? सिकाउने तपाईहरु नै हो । आज मूल्याङ्कन गर्नुपर्ने बेला भएझैं लाग्छ, स्वयम् तपाईहरुले नै ।

आदरणिय गुरुवर्गहरु सधैं आदरणिय, उदारणिय र सम्माननीय बन्नुपर्छ र हुनुपर्छ । मूल्याङ्कन र मनन गर्नुस् र अब चाल्नुपर्ने कदम र व्यवहारको बुद्धिमत्ता पूर्वक तय गर्नुस् हाम्रो शुभकामना ।