
जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा जन्मदिनमा वृक्षरोपण अभियानको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सुन्दरबजार नगरपालिका वडा नं ७ स्थिति कृषि क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फलफूल जडिबुटी, काठजन्य उत्पादन, अक्सिजनको महत्व, सभ्य संस्कार संस्कृति साथै अभियानले जलवायु परिवर्तनको प्रभाव रोक्न खेलेको भुमिका बारे अभियानका प्रशिक्षक बिश्व बिनोद घिमिरेले जानकारी गराउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले जलवायु परिवर्तनको कारणले मानव सभ्यतामा चुनौती थपिएकोे बताएका थिए ।
अभियानका आजिवन सदस्य एबं सयपत्रि आवासीय मा वि का प्रिन्सिपल ज्ञानेन्द्र शर्माले अभियान बिद्यार्थी केन्द्रित भए अझै प्रभावकारी हुने धारणा राख्नुभयो । जन्मदिनमा हुने विकृतिको रोक्न आफुले बिद्यालयमा विद्यार्थीहरुलाई अभियानमा लाग्न प्रेरित गरेको जानकारी दिनुभयो । प्रकृति वातावरण संरक्षण साथै संस्कार संस्कृति संरक्षणमा पनि अभियान जुट्नुपर्ने उहाँको भनाई थियोे ।
नमुना सामुदायिक अस्पतालकि शोभा ठकुरीले नमुना सामुदायिक पुर्ब तयारी परियोजना अन्तरगत सामुदायिक अस्पतालले विभिन्न कार्यक्रम संचालन गरेको र अभियान ल्याउने हरेक कार्यक्रममा अस्पतालको साथ सहयोग रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संचारकर्मी किसान संगित नेपाली, शान्ति माविका प्र.अ उत्तम बसेल, साहित्यकार लक्ष्मीप्रसाद मिश्र, थाक्ले सामुदायिक बनका कोषाध्यक्ष दिपक अधिकारी, तिर्थराज पोख्रेल, सन्तोष कुमार ढुंगाना, अभियानका सदस्य लक्ष्मी धिताल, प्रमोद अधिकारी लगाएतले जलवायु परिवर्तनले पृथ्वीमा पारेको असर र यसको न्युनिकरणमा अभियानले खेलेको भुमिका महत्त्वपूर्ण रहेकोे उल्लेख गर्नुभयो ।
जन्मदिनमा वृक्षारोपण अभियानका परिकल्पनाकार बासुदेव सेढाईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण सचिव रामजी प्रसाद बसौलाले गर्नुभएको थियोे ।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजना र ज्म्ऋक् नमुना सामुदायिक पुर्ब तयारी परियोजना, नमुना सामुदायिक अस्पताल सुन्दरबजारको सहकार्यमा कार्यक्रमको गरिएको हो ।