गण्डकी सेरोफेरो

रिटर्नी सेन्टरको प्रथम भेला सम्पन्न

नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपाल लमजुङको प्रथम भेला शनिवार बेसीशहरमा सम्पन्न भएको छ । उत्पादनमा जोडिऔँ आत्मनिर्भर बनौँ भन्ने नाराका साथ सम्पन्न भेलाले मस्र्याङ्दी ३ कामिन बहादुर तामाङको संयोजकत्वमा २५ सदस्यीय समिति चयन गरेको छ । नवगठित सेन्टरको सहसंयोजकमा क्होलासोँथर ७ निवासी बद्री घले र दोर्दी २ निवासी जीवन गुरुङ, सचिवमा बेसीशहर २ निवासी कृष्ण बराल कोषाध्यक्षमा बेसीशहर ३ निवासी मिनबहादुर मजाकोटी, सहसचिवमा सुन्दरबजार निवासी ध्रुब अधिकारी चयन हुनुभएको छ । सेन्टरको भेलालाई सम्बोधन गर्दै नेकपामाओवादी केन्द्र… पुरा पढौ

अस्पतालले व्यवस्थापन पक्षमा सुधार गरेको अनुगमन टोलीको निष्कर्ष

जिल्ला अस्पताल लमजुङले अस्पतालको व्यवस्थापन पक्ष सुधार गरेर ७८ नम्बर प्राप्त गरेको छ ।अस्पताल सुदृढीकरण कार्यक्रम तथा न्यूनतम सेवा मापदण्ड तय गर्नका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लमजुङ अस्पतालमा अनुगमन गरेको थियो । प्रदेश सरकारको माताहातमा गएपछि चौथो पटक गरिएको अनुगमनमा टोलीले अस्पतालले व्यवस्थापन पक्ष राम्रो सुधार गरेकोले उत्कृष्ट नम्बर ल्याएको जनाएको छ । अस्पतालले तेस्रो अनुगमनमा ७५ नम्बर प्राप्त गरेको थियो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयबाट आउनु भएका उर्मिला बराल, नवराज शर्मा, कृष्णप्रसाद पनेरु,… पुरा पढौ

विभिन्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा, शुक्रबार देखि कामकाज ठप्प

लमजुङ – तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै लमजुङका स्थानीय तहका कर्मचारीहरुले शुक्रबार पेन डाउन गरेका छन् । निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारी समेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै लमजुङका ८ स्थानीय तह कर्मचारीले शुक्रबार ‘पेन डाउन’ गरेर बिरोध जनाएका हुन् । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, कल्याणकारी कोष अनिर्वाय र विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था गर्न, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक… पुरा पढौ

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा प्यानल सहित विजयी

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको… पुरा पढौ

लमजुङको उदिपुरको पहिरो नियन्त्रण भएपछि गाडी सरर, अझै ९० प्रतिशत काम हुन बाँकी,

लमजुङको उदिपुरमा पहिरोले बाटो नै बगाएपछि निकै सास्ती पाएका लमजुङेहरुले यो वर्षको बर्खामा भने सहज तरिकाले आवतजावत गरेका छन् । पहिरो नियन्त्रण गरी बाटो मर्मत भएपछि यातायातका लागि सहज भएको हो । तनहुँको डुम्रे बजारबाट लमजुङको वेसीशहर हुँदै मनाङसम्म पुग्ने सडकको उदिपुरको देउराली डाँडामा पहिरोका कारण भासिएको सडक निर्माणका कार्य भैरहेको छ । हालसम्म १० प्रतिशत काम भएको, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर, लमजुङका योजना प्रमुख रविन्द्र दासले बताउनुभयो । पोखराको फेवा कन्सट्रक्सन… पुरा पढौ

एमालेको गण्डकी प्रदेश अधिवेशन लमजुङका ५ जना निविरोध निर्वाचित,

पोखरा । नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशनमा लमजुङ जिल्लाबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश अधिवेशनमा जिल्ला भूगोल(पुरुष) तर्फ प्रेम बहादुर घले र फूलबहादुरा थापा, महिलातर्फ लक्ष्मी अधिकारी र विष्णुमाया राना तथा दलितबाट ननदराम वि.क. निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनमा अध्यक्ष पदको लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा प्रतिश्पर्धा गर्दैछन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको… पुरा पढौ

लमजुङका एक युवा पोखराबाट २ दिन देखि बेपत्ता

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहरका एक युवा पोखरा लामाचौरबाट २ दिन देखि बेपत्ता भएका छन् । पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षिय श्रीकृष्ण खत्री २ दिन देखि बेपत्ता भएका हुन् । साथीभाईहरुले सम्पर्क गर्दा सम्पर्क नभएपछि उनीहरुले घरपरिवारलाई खबर गरेको बताइएको छ । खत्री १५ गते विहान कोठाबाट निस्किएका र हालसम्म कसैसगँ पनि सम्पर्कमा नआएको उनका साथी सविन कडेंलले बताए । १५ गते सोमबार सगँै पढ्ने साथी सविन कडेलको कोठामा राती बस्न पुगेका खत्री विहान आफू… पुरा पढौ

लमजुङ सदरमुकाम बेसीशहरमा जडान गरिएको सिसी क्यामेरा र सडक बत्ती मर्मत हुन सकेन

चाडवाड नजिकिदै गर्दा लमजुङको सदरमुकाम बेसीशहरका सडकमा एकातिर सिसी क्यामेरा विग्रिएको अवस्थामा छ भने अर्काे तर्फ सडक बत्ती मर्मत हुन सकेको छैन । ठाउँ ठाउँमाम विग्रिएका सडक बत्ती र सिसी क्यामेरा मर्मत हुन नसके पछि सडक अन्धकार भएको छ भने अपाराधिक कृयाकलाप बढ्ने सक्ने त्रास स्थानीयमा बढ्न थालेका छ । सदरमुकाम बेसीशहरमा विभिन्न चोकहरुमा जडान गरिएको सिसी क्यामेराको मर्मत हुन सकेको छैन । बेसीशहर नगरापालिका, जिल्ला प्रहरी कार्यालय र लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइले पटक पटक गरी बेसीशहर बजारका… पुरा पढौ

चाडबाडको नजिकिएको समयमा शान्ति सुरक्षा कायम गर्न रास्वपाको माग

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर समितिले लमजुङ प्रहरीलाई शान्ति सुरक्षाका लागि रायसुझाव पेश गरेको छ । रास्वपाले चाडबाड नजिकिएको समयमा अवाञ्छित गतिविधि बढ्ने गरेको भन्दै बेसीशहरको शिर निहुरिने सबैखाले गतिविधि रोक्नका लागि रायसुझाव दिदै ध्यानाकर्षण गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यलय लमजुङ पुगेर जिल्लामा पछिल्लो समय घटेका विभिन्न घटनाहरुको स्मरण गराउँदै अबका दिनमा यस्तो क्रियाकलाप रोक्न प्रहरीले गस्ती बढाउनुपर्ने रास्वपाले माग गरेको छ । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेसगँको भेटघाटमा टोलीले असोज १५ गते विहान बेसशिहरको डुम्रे– नारायणगढ… पुरा पढौ

व्यक्तित्व चिनारी: शताब्दी पुरुष तिलक बहादुर पौडेल

विक्रम सम्वत् १९८४ फागुनको २१ गते बाबु कुलबहादुर पौडेल र माता आफली पौडेलबाट लमजुङको बेसीशहरमा जन्मनु भएका तिलक बहादुर पौडेल अहिले ९७ वर्षको हुनुभयो । करिब एक शताब्दीको नजिकै पुग्दा पनि उहाँको स्मरण शक्ति युवा उमेर कै जस्तै छ । बेसीशहरमा रहेका दर्जनौ संघ, संस्थामा उहाँ संस्थापक अध्यक्ष भएर काम गर्नुभएको छ । समाज परिवर्तन र विकासको मुख्य आधार शिक्षा नै हो र यसबाट कोही पनि वञ्चित हुनुहुदैन भन्ने मान्यतामा विश्वास राख्ने पौडेलको सक्रियतामा जनविकास मावि चण्डीडाँडा र जनविकास मावि… पुरा पढौ