क्यान्सर पीडित युवाद्वारा सहयोगको अपिल

-


     नयाँ दीप    
     असाेज १३ गते २०८० मा प्रकाशित


खुट्टामा क्यान्सर भएर लामोसमय देखि उपचार गराउँदै आएका लमजुङको मध्यनेपाल नगरपालिका ३ सुर्यपालका रामचन्द्र गोतामेले उपचारका लागि आर्थिक सहयोग जुटाईदिन अपिल गरेका छन् । तीनवर्ष अघिदेखि बाँया पिडौंला घाउ भएर उपचार गराउँदै आएका ३७ वर्षीय बिरामी रामचन्द्रलाई थप उपचार गराउनुका साथै नियमित रुपमा महँगो औषधी खानुपर्ने भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।

बाँया पिंडौलाको भित्री भागमा मासुको गिर्खा आएको र बढ्दै गएर पीडा समेत हुन थालेपछि परिक्षण तथा उपचारका क्रममा क्यान्सर पहिचान भएको पीडित विरामीले बताएका छन् ।

तीन वर्षदेखि भरतपुर स्थित बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उनले उपचार गराउँदै आएकोमा झण्डै २० लाख रुपैयाँ खर्च भईसकेको उनले बताए । आफुसँग भएको र जुटाउन सक्ने रकमले उपचार गराउँदै आएको तर अझैपनि समयसमयमा परिक्षण तथा नियमित औषधी सेवन गर्नुपर्ने हुँदा थप रकम आवश्यक पर्ने भएकाले सहयोगको लागि अपिल गरिएको उनी बताउँछन् ।

नियमित औषधी खर्च, भिटामिन, रगत परिक्षण र यातायात खर्च लगायतका शीर्षकमा मासिक रुपमा ४८ हजार रुपैयाँ खर्च भईरहेको उनी बताउँछन्। आफ्नो उपचारमा आर्थिक सहयोग गरिदिन आफन्त, छरछिमेक, साथीभाइ, जिल्लाबासी लगायत मनकारी सहयोगदाता सबैमा उनले अपिल गरेका छन् ।

आफुले लामो समय वैदेशिक रोजगारीबाट कमाएर बचत भएको पैसा सबै उपचारमै खर्च भईसकेको र आफन्त एवं छरछिमेक सँग ऋणधन गरेरै उपचार गराउँदै आएको तर अव सहयोग जुटाउनुको विकल्प नरहेको दुःखेसो उनले पोखेका छन्।

उनलाई सहयोगका लागि तनहुँको दमौली स्थित ग्लोवल आईएमई बैंकमा रामचन्द्र गोतामेको नाममा रहेको ९३०७०१०००४७५७ नम्बरमा दाखिला गराउन सक्ने जनाईएको छ । उनको खाता विवरण निम्नानुसार रहेको छ ।
Global IME Bank- Ramchandra Gotame 9307010004757