गण्डकी सेरोफेरो

बेसीशहर नगरपालिका भित्र जम्मा ३५ वटा कुकुर

बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकामा घरमा पालिकाएका नीजि कुकुर मध्ये ३५ वटा मात्रै दर्ता भएका छन् । सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले असोज १२ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिनभित्र नीजि रूपमा पालिएका कुकुरहरूलाइ नगरपालिकामा दर्ता गरी अनुमति लिन सूचना जारी गरेको थियो । सोहि सुचनाका आधारमा १५ दिन भित्र जम्मा नीजि पालिएका ३५ वटा कुकुर मात्रै दर्ता भएको हो । बेसीशहर नगरपालिका भित्र नीजि रुपमा पालिएका कुकुरको संख्या १ हजार भन्दा धेरै हुन सक्ने नगरपालिकाका अधिकृत शुशिला… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङद्धारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आइतबार रास्वपाका प्रवास विभागका केन्द्रिय सचिव पद्मराज पन्थीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जिल्ला सह–संयोजक अशोक सापकोटा, गण्डकी प्रदेश प्रस्तावित सदस्य तैमाया गुरुङ, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, जन्मदिनमा बृक्षारोपण अभियान का संस्थापक अध्यक्ष बासुदेव सेढाँई, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रदेश सदस्य रामजी राना, पार्टीका कार्यकर्ता एवम् पत्रकारहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रमा उपस्थिती प्रमुख… पुरा पढौ

आजदेखि वडा दशैं सुरुः आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा… पुरा पढौ

चाडपर्वमा सुरक्षालाई ध्यान दिइ सचेत हुन लमजुङ प्रशासनको आग्रह

नेपालीहरुको पर्वहरु नजिकिदै गर्दा सुरक्षित भएर चाडपर्व मनाउन जिल्ला प्रसाशन कार्यलय लमजुङले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वडा दशैं, तिहार, छठ जस्ता पर्वहरुमा सुरक्षा चुनौतिको रूपमा देखा परेको भन्दै नागरिकलाई सचेत हुन अनुरोध गर्नुभएको हो । सूचना पत्रमा भनिएको छ – आफ्नो धर्म, सँस्कृति, रीतिरिवाज, मूल्यमान्यता र परम्परा अनुसार परिवार र साथीभाइबीच हर्षोल्लासका साथ चाडपर्वहरू मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउनुहुन हार्दिक अनुरोध छ पछिल्लो समय चाडपर्वको समयमा घर छोडेर बाहिर… पुरा पढौ

१५ गतेबाट सम्पर्क विहिन भएका युवा महेन्द्रनगरमा फेला

असोज १५ गतेबाट सम्पर्क विहिन भएका युवा ११ दिन पछि महेन्द्रनगरमा फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर घर भएका २१ वर्षिय श्रीकृष्ण खत्री कञ्चनपुरको महेन्द्रनगरमा फेला परेका हुन् । उनी महेन्द्रनगरको एक होटलमा बस्दै गरेका र त्यहिबाट उनको पैसा हराएर खोजी हुने क्रममा प्रहरीले उनलाई विहिबार फेला पारेको हो । उनी अहिले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको संरक्षणमा रहेका छन् । उनको परिवार र आफन्त त्यस तर्फ गैरहेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीका अनुसार खत्रीको… पुरा पढौ

बेसीशहर ७ को ज्येष्ठ नागरिक समितिको अध्यक्षमा देविदास बराल चयन

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ को ज्येष्ठ नागरिक समितिको अध्यक्षमा देविदास बराल चयन हुनु भएको छ ।बेसीशहरको वडा ७ को कार्यलयमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले बराललाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सचिवमा श्रीकान्त पौडेल, कोषाध्यक्षमा गुनाकुमारी थापा रहनुभएको छ भने समितिको सदस्यहरुमा मनबहादुर कामी, लेखबहादुर पौडेल, मायानाथ अधिकारी, र भक्तकुमारी थापा रहनुभएको छ । वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु खर्कबहादुर थापा, गोविन्द बस्नेत, मनिषा परियार र वडा सचिव रामकृष्ण कुँवर लगायतको… पुरा पढौ

अब मानिसहरु पीडा बोकेर बाँच्न बाध्य हुनुपर्दैन, लमजुङ अस्पतालमा प्रशामक सेवा सुरु हुदै

लमुजङ जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशामक सेवा सम्बन्धी तालिम प्रदान गरिएको छ । हरियो खर्क अस्पताल पोखराको सुनिता परियोजना कार्यक्रम अन्तरगत जिल्ला अस्पताल लमजुङमा स्वास्थ्यकर्मीलाई २ दिने तालिम प्रदान गरिएको हो ।तालिम समापन कार्यक्रम गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने जिल्ला अस्पताल लमजुङका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको थियो । सो अवसरमा पौडेलले आजको समयमा प्रशामक सेवा अत्यावश्यक रहेहको भन्दै तालिमबाट प्राप्त ज्ञानलाई अवसरको रुपमा व्यवहारिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तैगरी अस्पलका अध्यक्ष तामाङले यस किसिमको… पुरा पढौ

इजरायलमा आक्रमणमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन

इजराइलमा हमास विद्रोहिको आक्रमणमा परि १० जना नेपाली नागरिकले अनाहकमा ज्यान गुमाएको विषयमा मृत आत्माको चिर शान्तिको कामना गर्दै लमजुङ बेसीशहरमा दीप प्रज्वलन गरिएको छ । बेसीशहरको प्रशासन चोकमा र सेरा चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । ठाडो लाइन समाजसेवी युवा व्यवसायीले मगंलबार साँझ गरेको कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । दिवगंत आत्माको चिर शान्ति एवं मर्माहत परिवारप्रति समबेदना व्यक्त गर्ने उद्धेश्यले स्वतस्फूर्त रुपमा दीप प्रज्वलन कार्यक्रम गरिएको स्थानीय युवा गोपालमान गुरुङले बताउनु भयो । त्यस्तै गरी… पुरा पढौ

लमजुङमा चक्कु प्रहार गरी बाबुको हत्या

लमजुङमा घरायसी विषयमा विवाद हुँदा छोराले धारिलो हतियार चक्कु प्रहार गरी बाबुको हत्या गरेका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका मा हतियार वडा नं ९ टक्सार स्थित गत असोज १० गते दिउँसो २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका हुन् । आफ्नै छोराको चक्कु प्रहारद्वारा गम्भीर घाइते भएका दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पोखरामा उचार गरिएको थियोे । गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा गत शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले… पुरा पढौ

मेयर शैक्षिक सुधार कार्यक्रमको अवधारण प्रस्तुत

लमजुङको बेसीशहर नगरपालिकामा चालु बर्षदेखी शुरु गर्न लागिएको मेयर शैक्षिक सुधार कार्यक्रमका बारेमा अवधारण प्रस्तुत गरिएको छ । बेसीशहर नगरपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुसंग बेसीशहरमा आईतबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेसीशहर भित्रका विद्यालयलाई स्मार्ट विद्यालयको अवधारण अनुसार अघि बढाउन मेयर शैक्षिक सुधार कार्यक्रम अघि बढाईएको हो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष मदन रानाले अवधारण प्रस्तुत गर्दै नयाँ प्रविधिका माध्यमबाट पठ्नपाठ्न गर्न, शिक्षकहरुलाई थप दक्ष बनाउन र ब्यबस्थापन समितिलाई क्रियाशील… पुरा पढौ