
नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपाल लमजुङको प्रथम भेला शनिवार बेसीशहरमा सम्पन्न भएको छ । उत्पादनमा जोडिऔँ आत्मनिर्भर बनौँ भन्ने नाराका साथ सम्पन्न भेलाले मस्र्याङ्दी ३ कामिन बहादुर तामाङको संयोजकत्वमा २५ सदस्यीय समिति चयन गरेको छ ।
नवगठित सेन्टरको सहसंयोजकमा क्होलासोँथर ७ निवासी बद्री घले र दोर्दी २ निवासी जीवन गुरुङ, सचिवमा बेसीशहर २ निवासी कृष्ण बराल कोषाध्यक्षमा बेसीशहर ३ निवासी मिनबहादुर मजाकोटी, सहसचिवमा सुन्दरबजार निवासी ध्रुब अधिकारी चयन हुनुभएको छ ।
सेन्टरको भेलालाई सम्बोधन गर्दै नेकपामाओवादी केन्द्र लमजुङका इन्चार्ज आशा कोइरालाले हाम्रो समाजको सबैभन्दा धेरै युवा रहेको ठूलो र महत्वपूर्ण संगठन यही रिटर्नी सेन्टर भएको बताउनु भयो ।
अब देश दुनियाँ घुमेर भोगेर सीप र दक्षता हासिल गर्नुभएका युवाहरूले घरेलु विकाश कार्यालयबाट सहयोग लिएर हस्तकला सम्बन्धी तालिम लिने र स्वदेशी वस्तुको उत्पादन गर्न सक्नुपर्ने इन्चार्ज कोइरालाले जोड दिनु भयो ।
दिनानुदिन विदेश जानेको लर्को ठूलो छ त्यो हामीले देखिरहेका छौँ तर विदेशबाट फर्केर आइ स्वदेशमै उत्पादन गरिरहेकाहरूका विषयमा खासै चर्चा हुँदैन त्यो पनि ठूलै संख्या रहेको सेन्टरका केन्द्रीय सहसंयोजक रामचन्द्र अधिकारीले बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनार, प्रदेश समिति सदस्य हरिजंग तामाङ, सेन्टरका केन्द्रीय सदस्य भिमसुब्बा तामाङ, कार्यालय सचिव वासुदेव थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थित जेष्ठ सदस्य मिनबहादुर मजोकोटीको अध्यक्षता भएको थियो भने र कृष्ण बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यसैगरी भू.पू.सैनिक क्रान्तिकारी संगठनको भेला पनि सम्पन्न भएको छ । भेलाले सुबेदार इमानसिंह तामाङको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खुस बहादुर गुरुङ, सचिव गेह बहादुर विश्वकर्मा, कोषाध्यक्ष भिम बहादुर गुरुङलाई चयन गरेको छ ।