
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहरका एक युवा पोखरा लामाचौरबाट २ दिन देखि बेपत्ता भएका छन् । पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षिय श्रीकृष्ण खत्री २ दिन देखि बेपत्ता भएका हुन् ।
साथीभाईहरुले सम्पर्क गर्दा सम्पर्क नभएपछि उनीहरुले घरपरिवारलाई खबर गरेको बताइएको छ । खत्री १५ गते विहान कोठाबाट निस्किएका र हालसम्म कसैसगँ पनि सम्पर्कमा नआएको उनका साथी सविन कडेंलले बताए ।
१५ गते सोमबार सगँै पढ्ने साथी सविन कडेलको कोठामा राती बस्न पुगेका खत्री विहान आफू ७ बजे तिर उठेर हेर्दा बेडमा नभएको कडेलले बताए । त्यसको केहि बेरमा फोन गर्दा खत्रीको मोवाइल अफ भएको कडेलको भनाई छ । फेरी खाना बनाएर खानको लागि बोलाउन फोन गर्दा पनि नलागेपछि अन्य साथीहरुसगँ सोधपुछ र दिन भर खोजी गरेको उनको भनाई छ ।
दिनभर कुर्दा र खोजी गर्दा नभेटेपछि भोलीपल्ट उनका लमजुङ बेसीशहरमा रहेको परिवारलाई खबर गरेको बताइएको छ ।
परिवारले खोजिका लागि जिल्ला प्रहरी कार्यलय कास्कीमा निवेदन दिएका छन् । प्रहरीले खत्रीको कल डिटेल चेक गर्दा मंगलबार विहान ५ बजेर ५९ मिनेट सम्म खुल्ला रहेको जानकारी दिएको बताइएको छ ।
मोवाइल फोन अफ गरेर सोमबार बिहानबाटै हराएका खत्रीलाई मंगलबार सोहि लामाचौर एरियामा चिनेजानेका मानिसले हिडिरहेको अवस्थामा समेत देखेका भएपनि उनी सम्पर्क विहिन भएको भन्ने खबर थाहा नभएकाले उनीहरुले केही वास्ता नगरेको बताएका छन् ।
उनका परिवार खोजीको लागि पोखरा पुगेका छन् र कहि कतै देखे वा भेटेमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनको परिवारको नं ९८४६७७०२३४ रहको छ ।