इजरायलमा आक्रमणमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन

-


     भरत बाबु घिमिरे    
     असाेज २३ गते २०८० मा प्रकाशित


इजराइलमा हमास विद्रोहिको आक्रमणमा परि १० जना नेपाली नागरिकले अनाहकमा ज्यान गुमाएको विषयमा मृत आत्माको चिर शान्तिको कामना गर्दै लमजुङ बेसीशहरमा दीप प्रज्वलन गरिएको छ । बेसीशहरको प्रशासन चोकमा र सेरा चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

ठाडो लाइन समाजसेवी युवा व्यवसायीले मगंलबार साँझ गरेको कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । दिवगंत आत्माको चिर शान्ति एवं मर्माहत परिवारप्रति समबेदना व्यक्त गर्ने उद्धेश्यले स्वतस्फूर्त रुपमा दीप प्रज्वलन कार्यक्रम गरिएको स्थानीय युवा गोपालमान गुरुङले बताउनु भयो ।

त्यस्तै गरी बेसीशहरको सेरा चोकमा पनि नेकपाको सहायक संगठन युवा संगठन नेपाल लमजुङको आयोजनामा दिप प्रज्वलन तथा श्रध्दाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम संगठनका अध्यक्ष सानो भाईको नेतृत्वमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरि रविन्द्र नखोलाको विशेष उपस्थिति रहेको थियो भने चन्दननाथ कँवरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

इजराइलमा हमास विद्रोहिको आक्रमणमा परि १० जना नेपाली नागरिकले ज्यान गुमाएको भन्दै नेपाल सरकारले मगंलबार आधा झण्डा झुकाएर शोक मनाएको छ ।

प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ ।

इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको थियो । आक्रमणमा परी अहिलेसम्म ८ सयभन्दा बढी इजरायलीहरूको मृत्यु भइसकेको छ ।