
लमजुङमा घरायसी विषयमा विवाद हुँदा छोराले धारिलो हतियार चक्कु प्रहार गरी बाबुको हत्या गरेका छन् ।
जिल्लाको क्व्होलासोथार गाउँपालिका मा हतियार वडा नं ९ टक्सार स्थित गत असोज १० गते दिउँसो २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका हुन् ।
आफ्नै छोराको चक्कु प्रहारद्वारा गम्भीर घाइते भएका दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पोखरामा उचार गरिएको थियोे । गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा गत शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
प्रहरीले निज सुजनलाई गत १६ गते पक्राउ गरी ज्यान मार्ने उघोग सम्बन्धि कसुरमा अनुसन्धान गरेको र थियोे निज वि क माथी कर्तव्य ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको जिल्लामा प्रहरी कार्यालय लमजुङले जनाएको छ ।