
लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ को ज्येष्ठ नागरिक समितिको अध्यक्षमा देविदास बराल चयन हुनु भएको छ ।
बेसीशहरको वडा ७ को कार्यलयमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले बराललाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै सचिवमा श्रीकान्त पौडेल, कोषाध्यक्षमा गुनाकुमारी थापा रहनुभएको छ भने समितिको सदस्यहरुमा मनबहादुर कामी, लेखबहादुर पौडेल, मायानाथ अधिकारी, र भक्तकुमारी थापा रहनुभएको छ ।
वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु खर्कबहादुर थापा, गोविन्द बस्नेत, मनिषा परियार र वडा सचिव रामकृष्ण कुँवर लगायतको उपस्थिती रहेको थियो ।









