गण्डकी सेरोफेरो

विद्यार्थीहरु पढ्दै कमाउँदै

लमजुङको राइनास नगरपालिकामा वडा नं ८ मा रहेको राइनास बहु प्राविधिक शिक्षालयमा  कृषि तथा बाली विज्ञानमा अध्ययनरत तेस्रो सेमिस्टारका र तेस्रो वर्षका विद्यार्थीहरुले आलु खेती गरेका छन् । सिटिइभिटिको अभियान मै रहेको सिक, कमाउ र तिर कार्यक्रममा रहेर पढ्दै गरेका विद्यार्थीहरुलाई अहिले आलु खेती गर्न लगाएको हो । मध्यपहाडी लोकमार्ग नजिकै पर्ने स्थानीय रामजी बिलास पन्तको २ रोपनी जग्गामा ५ बर्षका लागि भाडामा लिएर आलु खेती सुरु गरिएको शिक्षालयका कृषि प्रशिक्षक भावना अर्यालले बताउनुभयो । २ रोपनि जग्गामा जनकदेव र… पुरा पढौ

पानी नपर्दा किसान पीडित, हिउँदे बाली उत्पादन ह्वात्तै घटेको गुनासो

यो वर्षको हिउँदे वर्षा नहुँदा किसानले लगाएका बालीको उत्पादनमा ह्वात्तै घटेको छ । विगतका वर्षहरू आलु, काउली, बन्दा, तोरी जति उत्पादन भएको थियो यो वर्ष त्यसको एक तिहाई मात्रै उत्पादन भएको सुन्दरबजार ९, भोटेओडारका किसान अमृता अधिकारीले बताउनु भयो । पोहोर साल यति नै जग्गामा लगाएको आलु आफुले खाएर पनि बेचेकी थिए यो वर्ष त आफैँलाई नपुग्ने भयो भन्दै हिउँदभरि पानी नै परेन, सुक्का माटो भएकोले आलु नफलेको अधिकारीले गुनासो पोख्नुभयो । ९ किलो आलु रोपेकोमा मुस्किलले एक बोरा मात्रै… पुरा पढौ

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोद प्रसाद बसौला निर्वाचित

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ । २३ फेब्रुअरी २०२४ का शुक्रबारका दिन फुलबारी रेष्टुरेण्ट, अलत्तिया सनैयामा भएको १५ औं अधिवेशनबाट बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उक्त समितिको कार्यकाल २ वर्षको हुने छ । समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा,… पुरा पढौ

शिक्षक संघ बेसीशहरको स्थानीय प्रतिनिधी सभा

नेपाल शिक्षक संघ बेसीशहर नगर समिति लमजुङले स्थनीय प्रतिनिधी सभा सम्पन्न गरेको छ । बेसीशहरको जनविकास माविमा शनिबार आयोजित कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथी गुरुङले भर्खरै मात्रै नेपाली काग्रेंसको महासमिति बैठक सम्पन्न भएको र सो बैठकमा शिक्षकहरुको विषयमा पनि कुरा उठेको बताउनुभयो । शिक्षकहरुको सबै आन्दोलनमा नेपाली काग्रेंसले साथ दिदैँ आएको भन्दै शिक्षालाई स्तरीय र र गुणात्मक बनाउन भने सबै पक्ष लाग्नुपर्नेमा गुरुङको जोड थियो । पढेलेखेका सबै जनशक्ति… पुरा पढौ

फलफूल, जडिबुटी र लाभदायक वृक्षरोपणमा जोड दिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा वृक्षरोपण गर्दा फलफूल, जडिबुटी र लाभदायक वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ललितपुर काे च्यासल स्थित पार्टी कार्यालय परिसरमा वृक्षरोपण गर्दै ओलीले पर्यावरण संरक्षण पहिलो प्राथमिकता भएकाले वातावरण संरक्षणमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालले ठुलो योगदान गरेको धारणा राख्नुभयो । पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा उहाँले वृक्षरोपण गर्नुभएको हो । ओली पहिलो पटक २०७८ साल फागुन ११ गते आफ्नो निवास बालकोटमा जन्मदिनमा वृक्षरोपण अभियानमा सरिक हुनुभएको थियोे । वृक्षरोपण… पुरा पढौ

गुणस्तरहीन र ग्रेड नमिलाई मोटरबाटो निर्माण गरेको स्थानीयको आरोप

लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ ठाँटी पिपल–भञ्ज्याङ–सल्लाबोट मोटर बाटो निर्माणमा ठेकेदार कम्पनीले लापर्वाही गरेको स्थानीयवासीले बताएका छन् । उक्त मोटर बाटो निर्माणमा ग्रेड नमिलेको प्राविधिक दृष्टिकोणले गुणस्तरहीन भएको दोर्दी २ का वडा सदस्य दुतराज गुरुङले बताउनुभयो । सो बाटोको लागि संघिय सरकारको समपूरक बजेट मार्फत ८ करोड रकम विनियोजन भएको हो । रोयल जेभी निर्माण सेवा र आर निर्माण सेवाले ठेक्का लिएर काम गरेको उक्त मोटर बाटो २१ सय ७० मिटर ढलान गर्ने सम्झौता भएको दोर्दी २ का वडा… पुरा पढौ

तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

पछिल्लो समय गैर सरकारीे सघं संस्थाले महिला लक्षित विभिन्न कार्यक्रमहरुका साथै तालिम सञ्चालन गर्दै आइरहेका छन् । तालिम पश्चात कतिपय महिलाहरु स्वारोजगार बन्छन् त कतिभने तालिम पछि पनि समय यसै खेर फालिरहेका हुन्छन् । तालिम लिएपछि आफ्रनै गाँउमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएकी छन् राइनास हर्रबोटकी निर्मला नेपाली ।उनी तनहुँको बाइँसजाँगरमा गएर ४ महिने टेलरिङ तालिममा सहभागि भइन् त्यस लगत्तै आफ्नै गाउठाँउमा केही गर्नुपर्छ भनी टेलर सञ्चालनमा ल्याउने तयारीमा लागिन् । टेलर सञ्चालन गर्न उनी गाँउमा रहेको घरबाट आधा घण्टाको… पुरा पढौ

किशोरीहरुलाई आत्मरक्षा गर्न सिकाईदै

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धीे तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यलयको अयोजनामा मगंलबारबाट तालिम संचालन गरिएको हो तालिममा जिल्लाका सुन्दरबजार नगरपालिका ,दोर्दी गाँउपालिका र राइनास नगरपालिका भित्रका ६ विद्यालयका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । तालिममा किशोरीहरुले आत्मरक्षाका लागि कस्ता कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा मस्र्याङदी कराँते डोजोका प्रेमबहादुर गुरुङले प्रशिक्षण गराउनु भएको थियो । पछिल्लो समय महिला हिंसा बढ्दै गएकोले यस्ता हिसाँ न्युनिकरणको लागि यस… पुरा पढौ

ज्येष्ठ नागरिकहरुलाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रम गरी वडा भित्रका ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सो अवसरमा साथमा जाडोमा चिसो नलागोस् सहज होस् भनेर एउटा पानी तताउने इलेक्ट्रिक जग र एउटा फाइबर सिरक प्रदान समेत गरिएको छ । वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँहरु समाजका मार्ग निर्देशक भएकाले… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ