
नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा वृक्षरोपण गर्दा फलफूल, जडिबुटी र लाभदायक वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ललितपुर काे च्यासल स्थित पार्टी कार्यालय परिसरमा वृक्षरोपण गर्दै ओलीले पर्यावरण संरक्षण पहिलो प्राथमिकता भएकाले वातावरण संरक्षणमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालले ठुलो योगदान गरेको धारणा राख्नुभयो ।
पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा उहाँले वृक्षरोपण गर्नुभएको हो । ओली पहिलो पटक २०७८ साल फागुन ११ गते आफ्नो निवास बालकोटमा जन्मदिनमा वृक्षरोपण अभियानमा सरिक हुनुभएको थियोे ।
वृक्षरोपण कार्यक्रममा जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एबं अध्यक्ष बासुदेव सेढाई, संचारकर्मी एबं अभियान भारतका संयोजक हेमन्त अधिकारी, अभियानका सल्लाहकार ज्ञानशाली पन्त, अभियन्ता दिपकबाबु बराल लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियोे । कार्यक्रमको व्यवस्थापन एमाले कार्यलय सचिव एबं एमालेका बौद्धिक नेता डा. भीष्म अधिकारीले गर्नुभएको थियोे ।