
नेपाल शिक्षक संघ बेसीशहर नगर समिति लमजुङले स्थनीय प्रतिनिधी सभा सम्पन्न गरेको छ । बेसीशहरको जनविकास माविमा शनिबार आयोजित कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङको प्रमुख आतित्थ्यता रहेको थियो ।
प्रमुख अतिथी गुरुङले भर्खरै मात्रै नेपाली काग्रेंसको महासमिति बैठक सम्पन्न भएको र सो बैठकमा शिक्षकहरुको विषयमा पनि कुरा उठेको बताउनुभयो । शिक्षकहरुको सबै आन्दोलनमा नेपाली काग्रेंसले साथ दिदैँ आएको भन्दै शिक्षालाई स्तरीय र र गुणात्मक बनाउन भने सबै पक्ष लाग्नुपर्नेमा गुरुङको जोड थियो ।
पढेलेखेका सबै जनशक्ति बाहिरिने क्रम बढेकाले अबको शिक्षा देश जोगाउने खालको हुनेपर्ने भन्दै पढेलेखेको जनशक्तिलाई देशमा नै रोक्ने बातावरण बनाए मात्रै मुलुक समृद्ध र सुखी हुनसक्ने गुरुङले बताउनुभयो । नेपाली काग्रेंसका भातृ तथा शुभेच्छुक संस्थाहरु बलियो भयो भने पार्टी बलियो हुने भन्दै कसरी एक आपसमा सम्वन्ध बलियो बनाउन सकिन्छ भन्ने विषयमा पनि व्यापक छलफल भएको बताउनुभयो ।
शिक्षक संघ बेसीशहर नगरका सभापती एकदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अतिथी नेपाली काग्रेंस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरी बराल रहनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला सचिव द्धय कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ, नेपाली काग्रेंस क्षेत्र नं ख का उपभापती दिपेन्द्र रावल, पूर्व शिक्षक कल्पना घिमिरे, शिक्षक संघ जिल्ला कार्य समिति सदस्य शिवकुमारी रावल, शिक्षक संघका प्रदेश प्रतिनिधी दिपक खनिया, रमेश अधिकारी र प्रताप शिलवाल, शिक्षक संघ सुन्दरवजारकाक उपाध्यक्ष भुवन न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने शिक्षक संघ बेसीशहरका उपाध्यक्ष श्रीभद्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न ८ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
सेवा निवृत्त भएका शिक्षकहरु भगवती जोसी, कल्पना घिमिरे, तिर्थराज न्यौपाने, इन्दिरा न्यौपाने, विमला बराल, हरीभक्त अधिकारी गोपालकुमार श्रेष्ठ र नेपाल शिक्षक संघ बेसीशहर नगरका संस्थापक अध्यक्ष ई. दिपेन्द्र रावललाई सम्मान गरिएको थियो । कार्यक्रम शिक्षक संघ बेसीशहरका सचिव विजय अधिकारीले सहजिकरण गर्नुभएको थियो ।