तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

-


     प्रमिशा बिक     
     फागुन २ गते २०८० मा प्रकाशित


पछिल्लो समय गैर सरकारीे सघं संस्थाले महिला लक्षित विभिन्न कार्यक्रमहरुका साथै तालिम सञ्चालन गर्दै आइरहेका छन् । तालिम पश्चात कतिपय महिलाहरु स्वारोजगार बन्छन् त कतिभने तालिम पछि पनि समय यसै खेर फालिरहेका हुन्छन् ।

तालिम लिएपछि आफ्रनै गाँउमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएकी छन् राइनास हर्रबोटकी निर्मला नेपाली ।
उनी तनहुँको बाइँसजाँगरमा गएर ४ महिने टेलरिङ तालिममा सहभागि भइन् त्यस लगत्तै आफ्नै गाउठाँउमा केही गर्नुपर्छ भनी टेलर सञ्चालनमा ल्याउने तयारीमा लागिन् । टेलर सञ्चालन गर्न उनी गाँउमा रहेको घरबाट आधा घण्टाको दुरीमा पर्ने मध्यपहाडी लोकमार्ग नजिक पर्ने सटर भाडामा लिने निधो गरिन् ।

सटर भाडामा लिए पछि ३ लाख लगानिमा निर्मलाले टेलरिङ सञ्चालनमा ल्याइन् । मात्रै ४ महिने तालिम लिएर टेलर सञ्चालन गरिरहेकी उनले यसै व्यावसायबाटै मनग्य आम्दानी गरिरहेकी छन् ।

पहिला समय यसै खेर फालिरहेकी हुन्थे अहिले टेलर सञ्चालनमा ल्याएपछि भने समयसँगै नाम, काम र दाम सबै पाइरहेको उनको भनाई छ ।

आफ्नै ठाँउमा टेलर सञ्चालनमा आएपछि कपडा सिलाउनकै लागि पाँउदी, भोटेओडार लगाएतका ठाँउ सम्मन पुग्न नपर्ने भएपछि स्थानियहरु पनि खुशी भएका छन् ।