
लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रम गरी वडा भित्रका ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा साथमा जाडोमा चिसो नलागोस् सहज होस् भनेर एउटा पानी तताउने इलेक्ट्रिक जग र एउटा फाइबर सिरक प्रदान समेत गरिएको छ ।
वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँहरु समाजका मार्ग निर्देशक भएकाले ज्येष्ठ नागरिकको संरक्षण र सम्मान गर्नुपर्ने बताउँदै यसरी सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनभयो ।
कार्यक्रम ज्येष्ठ नागरिक मञ्च वडा नं ७ का अध्यक्ष देविदास बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।









