लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोद प्रसाद बसौला निर्वाचित

-


     नयाँ दीप    
     फागुन १३ गते २०८० मा प्रकाशित


लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ । २३ फेब्रुअरी २०२४ का शुक्रबारका दिन फुलबारी रेष्टुरेण्ट, अलत्तिया सनैयामा भएको १५ औं अधिवेशनबाट बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उक्त समितिको कार्यकाल २ वर्षको हुने छ ।

समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ ।

बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा, मध्यनेपाल नगरपालिका संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्व्होलासोंथर गाउँपालिका संयोजकमा फगेन्द्र गुरुङ, मर्स्याङदी गाउँपालिका संयोजकमा टेबहादुर गुरुङ दूध पोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ रहनुभएको छ । सुन्दरबजार नगरपालिका संयोजक हाल रिक्त छ ।

सदस्यहरुमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया, कुमारी गुरुङ र पवन थापामगर निर्वाचित हुनुभएको निर्वाचन संयोजक तथा निवर्तमान प्रमुख सल्लाहकार नवराज नखोलाले जानकारी दिनुभयो ।

कार्यक्रम समाजका निवर्तमान अध्यक्ष सिताराम थापाको अध्यक्षतामा र गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम समाजका निवर्तमान अध्यक्ष सिताराम थापाको अध्यक्षतामा र गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

उहाँले समाजले गरेको सामाजिक गतिविधिहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा संघसंस्था तथा अभियन्ताहरु सागर नेपाल, हसराज क्षेत्री, विनेश तामाङ, अजमत अली, राकेश श्रेष्ठ, बलदेव राना, रघु शर्मा, ध्रुव क्षेत्री, दिनेश कटुवाल, माया केसी, केदार भुसााल, रोशन अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए । संस्थाका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार नवराज नखोला र कतारमा सांगितिक क्षेत्रमा अलग पहिचान बनाउन सफल लमजुङे गीत संगीत तथा गायक मंगल विक र संस्थामा निरन्तर खट्दै आउनुभएकी कमला गुरुङ र कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

सुख दुःखमा साथ, लमजुङ सेवा समाज भन्ने नाराका साथ सन् २००५ मा समाज स्थापना भएको थियो । समाजले गृह जिल्ला तथा अन्य जिल्लाहरुमा पनि विभिन्न समस्यामा परेका पीडितहरुलाई उनीहरुबाट आएको अनुरोध तथा संस्था आफैंले पनि समस्याग्रस्त क्षेत्र वा व्यक्तिहरुको पहिचान गरी आवश्यकता अनुसारको आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

भूकम्पपीडित, बृद्धाश्रम, विद्यालय तथा आर्थिक कमजोरीका कारण उपचार गर्न नसकेर पीडित बनेका विरामीहरुको उपचारार्थ समेत सहयोग गर्दै आएको छ । रोजगारीको लागि कतारमा आएका र समस्यामा परेका लमजुङे र गैर लमजुङेहरुलाई आवश्यकता अनुसार संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।