
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धीे तालिम प्रदान गरिएको छ ।
सामाजिक विकास कार्यलयको अयोजनामा मगंलबारबाट तालिम संचालन गरिएको हो तालिममा जिल्लाका सुन्दरबजार नगरपालिका ,दोर्दी गाँउपालिका र राइनास नगरपालिका भित्रका ६ विद्यालयका ३० जना किशोरीहरुको सहभागिता रहेको छ ।
तालिममा किशोरीहरुले आत्मरक्षाका लागि कस्ता कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा मस्र्याङदी कराँते डोजोका प्रेमबहादुर गुरुङले प्रशिक्षण गराउनु भएको थियो ।
पछिल्लो समय महिला हिंसा बढ्दै गएकोले यस्ता हिसाँ न्युनिकरणको लागि यस तालिमले महत्तवपूर्ण भूमिका खेल्ने कार्यक्रममा बताइएको थियो ।
तालिम विहिबार सम्म सञ्चालन हुने सामाजिक विकास कार्यलय लमजुङका सूचना अधिकारी बलबहादुर अछामीले बताउनुभयो ।









