अर्थतन्त्र

बेसीशहर वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा

६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई शनिवार बालमैत्री वडा घोषणा गरिएको हो । चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीलाई बालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेर वडा नम्बर ११ बालमैत्री वडा… पुरा पढौ

राष्ट्रिय शिक्षा दिवशको अवसरमा शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगिता

राष्ट्रिय शिक्षा दिवशको अवसरमा लमजुङको मर्स्याङदी गाउँपालिकामा शिक्षकहरु विच हाजिरी जवाफ प्रतियोगितिा र भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । वडा स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा वडा नं. ८ शिक्षक समूह प्रथम, वडा नं. ६ शिक्षक समूह द्धितीय र वडा नं. ५ शिक्षक समूह तृतीय भएका छन् । प्रथम द्धितीय र तृतीय हुने शिक्षक समूहले क्रमश नगद रु ५ हजार, द्धितीय हुने टिमले ३ हजार तृतीय हुने टिमले २ हजार प्राप्त गरेका छन् । त्यस्तैगरी शिक्षकहरु विच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भएको… पुरा पढौ

नमुना अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना

लमजुङको सुन्दबजार नगरपालिकामा रहेको एच.डि.सि.एस नमूना सामूदायिक अस्पतालले शनिबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाले सेवा लिएका छन् । अस्पतालले आयोजना गरेको एक दिने दन्त स्वास्थ्य र फिजियोथेरापी सम्बन्धी शिविरमा दन्त सेवा तर्फ ७२ जना र फिजियोथेरापी तर्फ १ सय १२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्ये महिला १ सय १२ जना र पुरुष ७२ जना रहेका छन् ।एचडिसिएस नमूना सामूदायिक अस्पतालमा दैनिक रुपमा नै दन्त स्वास्थ्य सेवा र फिजियोथेरापी सेवा उपलब्ध हुने… पुरा पढौ

प्राविधिक शिक्षा जेटिएमा विद्यार्थीको आकर्षण घट्दै, ७ हजारमै पढ्न पाएपनि विद्यार्थी संख्या भने न्यून

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेको ग्रामीण तालिम केन्द्रमा जेटिए पढ्ने विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएको छ । न्यून शुल्क जम्मा ७ हजारमै १८ महिने जेटिए कोर्ष पढ्न पाउने भएपनि विद्यार्थीहरुको आकर्षण भने निकै कम भएको हो । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आंगिक संस्थाको रूपमा रहेको ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१\०८२ का लागि नयाँ भर्नाको लागि विज्ञापन खुले पश्चात ४० जनाको कोटामा जम्मा ३ जना फर्म भर्न सम्र्पकमा आएका छन् ।गतवर्ष ९ जना… पुरा पढौ

बेसीशहरमा रोपाइँजात्राको रौनक: फोटो फिचर

श्रीकृष्ण जन्माष्टमीको अवसर पारी लमजुङ सदरमुकाम बेसीशहरमा सोमबार रोपाइँजात्रा निकालिएको छ । बेसीशहरमा रहेका नेवार समुदायले परम्परादेखि देखाउँदै आएको रोपाइँजात्रामा स्थानीय नेवार समुदायका केटाकेटीदेखि बुढापाकासम्मले विभिन्न भेषभूषामा सजिएर रोपाइँजात्रा मनाएका हुन् । बेसीशहरको भीमसेनस्थानबाट शुरु भएको रोपाइँजात्रा त्रिवेणी टोल, मनाङे चौतारा, फूलबारी चोक, प्रशासन चोक, शेराचोक, विदाइ चौतारा, नारायण स्थान चोक हुँदै पुनः भीमसेनस्थानमा पुगी टुंगिएको छ । जात्रामा नेवार समुदायका २५० भन्दा बढी सहभागी थिए । यसबाहेक जात्रा हेर्नेहरुको संख्या भने ठूलो थियो । कृष्ण जन्माष्टमीमा बेसीशहर बजारमा पञ्चेबाजा… पुरा पढौ

मर्स्याङ्दी नदीमा बस खस्दा २१ जनाको मृत्यु, २२ जना घाइते

तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् । घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् । उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

महिला हत्याको अभियोगमा एक जना पक्राउ

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या भएको छ । गएराती बगैंचा स्थित आफ्नै घरमा अन्दाजी ६५ बर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आशंकामा प्रहरी आज दिउँसो सोही स्थानका एक जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ पर्नेमा सोहि वडाको बजरखुट्टा बस्ने ४७ बर्षीय सुक बहादुर सार्की रहेका छन् । हत्यामा संलग्न रहेका सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो ।… पुरा पढौ

हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

लमजुङमा साउन महिनाभर २० जनामा डेङ्गी संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार आ.व. ७९⁄८० मा २ सय ४० जनामा डेङ्गी भएको थियो भने ०८०⁄०८१ मा ५ सय ९ जनालाई डेङ्गी सङ्क्रमण भएको थियो । वर्षाका बेला घर वरपर पानी जम्ने, जम्मा भएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढ्ने खनालले बताउनुभयो । विषेश गरी असोज र कार्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी फैलने भए पनि यसको रोकथामका लागि अहिले देखि नै… पुरा पढौ

रुख ढलेर किच्दा एक महिलाको मृत्यु

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका लीलादेवी मिश्र रहेकी छन् । ८२ वर्षीय मिश्र सोमबार साँझ घर भन्दा करीब १ सय मिटरको दुरीमा रहेको कुवामा पानी भर्न गएकी थिइन् । मिश्रलाई कुवा भन्दा माथि रहेको काप्रोको रुख ढलेर रूखको हाँगाले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाबारे जानकारी पाउना साथ घट्नास्थल पुगेको प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ