
राष्ट्रिय शिक्षा दिवशको अवसरमा लमजुङको मर्स्याङदी गाउँपालिकामा शिक्षकहरु विच हाजिरी जवाफ प्रतियोगितिा र भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
वडा स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा वडा नं. ८ शिक्षक समूह प्रथम, वडा नं. ६ शिक्षक समूह द्धितीय र वडा नं. ५ शिक्षक समूह तृतीय भएका छन् । प्रथम द्धितीय र तृतीय हुने शिक्षक समूहले क्रमश नगद रु ५ हजार, द्धितीय हुने टिमले ३ हजार तृतीय हुने टिमले २ हजार प्राप्त गरेका छन् ।

त्यस्तैगरी शिक्षकहरु विच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भएको थियो । भलिबल प्रतियोगितामा वडा नं. ३ का शिक्षक समूह प्रथम र वडा नं. ६ का शिक्षक समूह द्धितीय भएका छन् । भलिबल तर्फ प्रथम हुनेलाई ७ हजार र द्धितीय हुने समूहलाई ५ हजार प्रदान गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम अमर मा. बि. खुदीको प्राङ्गणमा भएको सोही विद्यालयका शिक्षक ज्ञानीमाया नखोलाले जानकारी दिनुभएको छ ।
आगामी असोज २ गते परेको राष्ट्रिय शिक्षा दिवशको यो वर्षको नारा “ज्ञान, बिज्ञान, सीप, उद्यम र मौलिकता; साझेदारी र प्रणालीगत सक्षमता” रहेको छ ।