अर्थतन्त्र

अमेरिकामा ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन

लगातार उकालो लागेको सुनको मुल्य विहिबार एकै पटकमा प्रतितोला ४ हजार रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले… पुरा पढौ

४ हजार मिटर उचाईमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण

लमजुङको दोर्दी गाउँपालिकाले लेकाली क्षेत्र कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको छ । गाउँपालिकाले मेमेपोखरी नजिकै समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको जनाएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पर्यटकिय स्थल मेमेपोखरी, दूधपोखरी लगायत क्षेत्रमा जाने आउने तीर्थालु तथा पर्यटकलाई सहज होस् भन्ने उद्धेश्यले धर्मशाला निर्माण गरिएको बताउनुभयो । लेकालि क्षेत्र भएकोले त्यस स्थानमा कुनै घरहरु नभएको बासास्थानको अभावमा ती क्षेत्रमा पुग्ने पर्यटकलाई निकै सास्ती खेप्नु परेकोले कोम्रो डाँडामा शौचालयसहितको धर्मशाला निर्माण गरेको… पुरा पढौ

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको हो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पु¥याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई… पुरा पढौ

लमजुङ अस्पताललाई सुविधा सम्पन्न बनाइने: स्वास्थ्य मन्त्री पाठक

लमजुङ अस्पताललाई गण्डकी प्रदेशकै सुविधा सम्पन्न बनाइने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो । लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार मन्त्री पाठकले यस्तो बताउनु भएको हो । प्रदेश अस्प्तालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको मन्त्री पाठकले बताउनुभयो । त्यस्तै लमजुङ अस्पतालका लागि तत्कालै सिटिस्क्यान मेशिनको आवश्यकता खड्किएको प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले बताउनु भयो । यहाँ विशेषज्ञ सेवा थपिए पनि सिटिस्क्यान मेशिन नहुँदा अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको हुँदा यसको व्यवस्था गर्नु पहिलो प्रथामिकता… पुरा पढौ

आज विजया दशमीः टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा,

आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ३३ मिनेटमा रहेको टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको… पुरा पढौ

लक्ष्मीनारायण साकोसको १२ औ बार्षिक साधारण सभा सम्पन्न

लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले अहिले सहकारीका वारेमा धेरै टिका टिप्पणी भएपनि लक्ष्मी नारायण सहकारी सहकारीको नीतिनियम भित्र रहेर सञ्चालनमा रहेको वताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्नु स्वभाविक भएको भन्दै ति समस्यालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो ।… पुरा पढौ

विपदबाट ७६ को मृत्यु, ७२ वेपत्ता ; उद्धार कार्य जारी

लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म देशभर मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार र राहत वितरणको कार्य पनि जारी रहेको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, देशभरिबाट प्राप्त विवरण अनुसार मर्नेको सङ्ख्या ७६ र वेपत्ताको सङ्ख्या ७२ जना रहेको छ । २०८१ असोज १० गतेदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लामा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट… पुरा पढौ

राष्ट्र कवि माधवप्रसाद घिमिरेको जन्मजयन्तिमा कविता बाचन प्रतियोगिता

राष्ट्र कवि माधवप्रसाद घिमिरेको १ सय ६ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्र कवि घिमिरेको गृह जिल्ला लमजुङको सदरमुकाम बेसीशहरमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको मुख्य प्रायोजन र लिस्नो साहियित्यक मञ्चले शनिबार शनिबार प्रतियोगिताको आयोजना गरेको हो । खुल्ला कविता प्रतियोगितामा राइनास नगरपालिका वडा नं ६ धमिलिकुवाकी सारदा विसुराल पाण्डे प्रथम, राइनास वडा नं ५ तिनपिप्लेका मातृका खनाल द्धितीय, बेसीशहर ३ का भरतबाबु घिमिरे तृतीय र जनविकास मावि चण्डीडाँडामा अध्ययनरत रोनिका गुरुङ र रोसिका गुरुङ सान्त्वना… पुरा पढौ

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ

शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

लमजुङको सदरमुकाम बेसीशहरमा राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । नगरपालिका भित्रका शैक्षिक सत्र २०८० को नगरपालिका स्तरीय कक्षा ८ को परिक्षा, एस.ई.ई. र कक्षा १२ को बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई एक समारोहका विच सम्मान गरिएको हो । बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा कक्षा ८ तर्फ जनजागृति आधारभुत विद्यालय बरबोट (३.५२ जिपिए), एस.ई.इ तर्फ अन्नपूर्ण मावि नाल्मा (२.०८ जिपिए) कक्षा १२ तर्फ बालकल्याण मावि… पुरा पढौ