
लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका लीलादेवी मिश्र रहेकी छन् ।
८२ वर्षीय मिश्र सोमबार साँझ घर भन्दा करीब १ सय मिटरको दुरीमा रहेको कुवामा पानी भर्न गएकी थिइन् । मिश्रलाई कुवा भन्दा माथि रहेको काप्रोको रुख ढलेर रूखको हाँगाले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नाबारे जानकारी पाउना साथ घट्नास्थल पुगेको प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले बताउनुभयो ।
ढलेको काप्रोको रुख निकै बुढो भएर धोद्रिएको र बर्खायाममा पानी परिरहेहकाले जमिन कमोजर हुँदा भासिएर रुख ढलेको प्रहरीले जनाएको छ ।