
लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ ।
२९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार रुपैया सापट माग्न गएको र घर्तीले आफूसगँ पैसा नभएकाले सापट दिन नसक्ने भन्दै आफ्नो घरको आँगनको भाँडा माझ्ने जुठेल्नामा भाँडा माझिरहेको बेलामा सार्कीले आफ्नो साथमा रहेको हसियाले मृतकको टाउको र गालामा प्रहार गरी आफ्नै घरमा गएर सुतेका थिए ।
भोलिपल्ट बुधबार विहान घरबाट हिडेका प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो । प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो खुर्पा उनको घर बजारखुट्टाबाट बरामद गरेको छ ।
घरमा एक्लै बस्दै आएकी सान्नानी आज बुधबार बिहान काठमाडौं जाने भन्दै स्थानीय जीप चालकलाई लमजुङको उदिपुरसम्म छोडिदिन भनेकी थिइन । जीप चालक बुधबार बिहान उनलाई लिन आउँदा उनको शब आगनमा लडिरहेको अबस्थामा देखेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ । घरमा एक्लै बस्दै आएकी उनको छोरा बिदेश र बुहारी काठमाडौं बस्दै आएको पाइएको छ ।
हत्यामा संलग्न सार्कीलाई जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसूरमा दिन सात को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनुभयो ।









