अर्थतन्त्र

ए.पि.एफ फुटवल क्लव र टोखा भगवती क्लव त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज ए.पि.एफ र मछिन्द्र क्लव विच भएको खेलमा शुन्यका विरुद्ध ४ गोलको फराकिलो गोल अन्तर मछिन्द्र क्लवलाई हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको २२ औं मिनेटमा हरी कार्कीले, ४३ र ५१ औं मिनेटमा लगातार प्रदिप लामाले २ गोल गरे भने त्यसमा फेरी ५७ औं मिनेटमा युवराज खड्काले एक गोल गरेपछि ए.पि.एफ फुटवल… पुरा पढौ

बुद्ध युवा क्लव भोटेओडार र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३२ औ त्रिवेणी कपको आज बुद्ध युवा क्लव भोटेओडार लमजुङ र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुद्ध युवा क्लव भोटेओडार लमजुङले मस्र्याङ्दी युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको ३४ औं मिनेटमा बुद्ध युवा क्लव भोटेओडार लमजुङका शिव सुवेदीले गरेको गोलले नै भोटेओडारलाई विजयी बनायो । त्यस्तै दोस्रो खेल अभिषेक चर्च रजहर र सङ्कटा क्लव काठमाडौं बिच भएको थियो । खेल सुरुवातको २८ औं… पुरा पढौ

३२ औं त्रिवेणी कपको वन मन्त्री पौडेलद्धारा उद्घाटन, पहिलो खेलमा आर्मी क्लव विजयी

३२ औं त्रिवेणी कप फुटवल प्रतियोगगिताको गण्डकी प्रदेशका वन तथा बाताबरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नु भयको छ । शुक्रबार लमजुङको सदरमुकाम बेसिशहर स्थित सहजीमा रहेको त्रिबेणी रङ्गशालामा रेफ्रिलाई बल हस्तान्तरण गर्दै मन्त्री पौडेलले त्रिवेणी कपको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा त्रिवणी क्लवका पुर्र्व अध्यक्ष समेत रहेका मन्त्री पौडेलले तीन दशक देखि लगातार एउटै प्रतियोगिता हुनु निकै ठुलो कुरा भयको र सुरुका दिनमा कुखुराको भालेबाट सुरु भएको पुरस्कार हाल १२ लाख ठुलो राशी भएको बताउनुभयो । उद्घघाटन पछि… पुरा पढौ

जनकल्याण माविको वार्षिकोत्सवमा विद्यार्थीहरुद्धारा पञ्चेबाजा बजाई प्रभातफेरी

लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७३ औं बार्षिक उत्सवत तथा ४५ औं अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुले पञ्चेबाजा बजाएर देखाएका छन् । सोमबार विद्यालयको परिषरमा आयोजित कार्यक्रममा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुले पञ्चेबाजा सहित झाँकी प्रस्तुत गरेका हुन् । विद्यार्थीहरुलाई पढाईसगै बाजा बजाउने सिप पनि सिकाईको र उनीहरुले सिकेको सिपलाई वार्षिकोत्सवमा प्रर्दशन गरिएको विद्यालयलका प्र.अ सूर्य बहादुर अधिकारीले बताउनुभयो । कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतित्थ्यता तथा उपप्रमुख पद्मा गुरुङको विषेश आतित्थ्यता रहेको… पुरा पढौ

जनविकास माविको बार्षिकोत्सवको आर्थिक मामिला मन्त्री गुरुङद्धारा उद्घाटन

लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयले आफनो ४९ औँ बार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मनाएको छ । सोमबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बार्षिकोत्सव एवं अभिभावक दिवसको औपचारिक उदघाट्न गर्नुभएको हो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका मन्त्री गुरुङले सम्बोधन गर्दै शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र… पुरा पढौ

दुई मुद्दामा रवि लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दावी

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।… पुरा पढौ

पुस १२ गतेबाट हुने ३२ औं त्रिबेणी कपको तयारी तीब्र, खेल तालिका सार्वजनिक

आगामी पुस १२ गतेबाट सुरु हुने ३२ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगगिताको तयारी ८० प्रतिशत सकिएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको त्रिवेणी रङ्गशालामा हुने खेलको लागि तयारीलाई तीब्र बनाईएको हो । सहजी स्थित खेल मैदान परिषरमा १० हजार जनाले हेर्न मिल्ने अस्थायी प्याराफिट निर्माण गरिदै छ भने खेल्ने मैदान सम्याउने, आयोजक तथा प्रायोजकको ब्यानर बनाउने तथा टास्ने काम गरिदैछ । आयोजक त्रिवेणी युवा क्लवले शनिबार नै खेल कार्यतालिका समेत सार्वजनिक गरेको छ । ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकाको भवन सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ। बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो। पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात… पुरा पढौ

रोटरी क्लवद्धारा बालबालिकालाई जाडोको पोसाक वितरण

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत बिद्यालय बिम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही बिद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण अभियानको स्थापना दिवशमा २ जना पत्रकार सम्मान

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले शनिबार छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाएको छ । अभियान सुरुवातको दिनदेखि प्रचारप्रसार गरी जन्मदिनमा वृक्षरोपण अभियानलाई देश तथा विदेशसम्म फैलाउन सहयोग पु¥याएको भन्दै २ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा नयाँ दीप डट कम कि सम्पादक तथा प्राईम टेलिभिजनको लमजुङ जिल्ला सम्वाददाताको रुपमा कार्यरत सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट र स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त… पुरा पढौ