अर्थतन्त्र

गुणस्तरिय पानी उपलव्ध गराउने जिम्मा सरकारको होः खानेपानी मन्त्री यादव

नगारिकलाई सहज रुपमा गुणस्तरीय खाने पानी उपलव्ध गराउने जिम्मामा राज्यको भएको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयको छ । बुधबार बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकको आधारभूत आवश्यकता तथा स्वस्थ जिवनशैलीको आधार नै खानेपानी रहेको सरकारले प्रत्येक नागरिकलाई सहज रुप्मा शुद्ध खानेपानी उपलव्ध गराउनुपर्ने बताउनुभयो । उहाँले हिमाल, पहाड र तराईका नागरीकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको रहेको भन्दै बेसीशहरमा भएको संघिय सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा निमार्ण भएको… पुरा पढौ

१४ औं दिनमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको समापन

लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार समापन गरिएको छ । गत फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिनमा समापन गरिएको हो । त्यस्तैगरी महोत्सव अवधीभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई पनि पुुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३… पुरा पढौ

कथाः “जन्मदिनको अनमोल उपहार”

सन्देश र रमेश बाल्यकालदेखि गहिरा साथी थिए। तर समयसँगै उनीहरूको सोचाइ फरक हुँदै गयो। रमेश प्रकृतिप्रेमी थियो, उसलाई बन, जंगल, रुख बिरुवासँग निकै माया थियो। सन्देशलाई भने बन फाँडेर काठ बेच्न र पैसा कमाउन मात्र चासो थियो। एक दिन रमेशले भन्यो, “अबदेखि हरेक जन्मदिनमा उपहार किन्ने होइन, एउटा रुख रोप्ने परम्परा बसाल्नुपर्छ। जन्मदिनको सही अर्थ भनेको प्रकृतिलाई केही दिनु हो, लिने होइन।” तर सन्देश हाँस्यो, “रुख रोपेर के फाइदा? म त पैसा कमाएर रमाउँछु।” उसले बन फाँड्न थाल्यो, दिनदिनै काठ… पुरा पढौ

शिवरात्रीमा करापुटार ईशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड

नेपालकै मध्य भागमा पर्ने लमजुङको दक्षिण पश्चिममा रहेको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा ठुलो मेला लागेको छ । महाशिबरात्री पर्वको अबसरमा इशानेश्वर महादेव मन्दिरमा मेला लागेको हो । काठमाडौको पशुपतिनाथ पछि देशको दोश्रो ठुलो र महत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका… पुरा पढौ

खेलकुद तथा साँस्कृतिक महोत्सव सुरु, सञ्चारमन्त्री गुरुङद्धारा उद्घाटन

लमजुङ जिल्लामा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ । मंगलबार सुरु महोत्सवको नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी खोप लगाईने

लमजुङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध निशुल्क एच.पि.भी खोप लगाईने भएको छ । स्वास्थ्य कार्यलय लमजुङले सोमबार पत्रकार सम्मेलन गरी १० देखि १४ वर्ष उमेर समूहका किशारीहरुको लागि आगामी माघ २२ गते फेब्रुअरी ४ क्यान्सर दिवशको दिन देखि सुरु गरी फागुनको ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाकारी गराएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको कार्यक्रम अन्र्तगत पहिलो पटक देशैभर सञ्चालन हुने खोप कार्यक्रममा लमजुङ जिल्लाका ६ हजार ५ सय ४४ जना… पुरा पढौ

दशौं सुन्दरबजार महोत्सव सुरुः आगामी २१ गते सम्म हुने

लमजुङको सुन्दरबजार नगरपालिकामा दशौं सुन्दरबजार महोत्सवको सुरु भयको छ । दशौं सुन्दरबजार महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको छ । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको आयोजक लमजुङ उद्दोक बाणिज्य सङ्घ सुन्दरबजार ईकाइले जनाएको… पुरा पढौ

यशोब्रह्म माविको ६३ औं वार्षिकोत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६३ औँ बार्षिक उत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु जिम्मेवार वन्नुपर्नेमा उहाँको जोड थियो… पुरा पढौ