
ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज ए.पि.एफ र मछिन्द्र क्लव विच भएको खेलमा शुन्यका विरुद्ध ४ गोलको फराकिलो गोल अन्तर मछिन्द्र क्लवलाई हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेल सुरुवातको २२ औं मिनेटमा हरी कार्कीले, ४३ र ५१ औं मिनेटमा लगातार प्रदिप लामाले २ गोल गरे भने त्यसमा फेरी ५७ औं मिनेटमा युवराज खड्काले एक गोल गरेपछि ए.पि.एफ फुटवल क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनमा पुगेको हो ।
खेल अवधिमा २ गोल गर्ने म्यान अफ द म्याच प्रदिप लामा घोषित भएका छन् ।
आजै भएको दोस्रो खेलमा टोखा भगवती फुटवल क्लवले एन आर टी फुटवल क्लव काठमाडौंलाई शुन्यका विरुद्ध ३ गोलले सेमिफाइनलमा पुगेको छ ।
खेल सुरुवात भएको ७ मिनेटमा र ३७ मिनेटमा लगातार टोखा भगवती क्लवका अमित लामाले २ गोल गरे भने दोस्रो हाफमा अबेक रिचर्ड गोल गरी सेमिफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै दोस्रो खेलको म्यान अफ द म्याच अमित लामा घोषित भएका छन् ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २⁄२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५⁄२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।