अर्थतन्त्र

सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया

सूचनाको हक कार्यान्वयनको अवस्था र यसमा देखा परेका चुनौतीबारे सम्वाद गर्न लमजुङको सदरमुकाम बेसीशहरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले सूचनाको हकलाई संवैधानिक मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सार्वजनिक निकायहरूले सूचनाको प्रवाहमा कुनै ढिलासुस्ती नगर्नुपर्नेमा जोड दिए। “सूचनाको अभावले सेवा प्रवाहमा अपारदर्शिता र भ्रष्टाचार बढाउँछ,” उनले भने, “त्यसैले… पुरा पढौ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लमजुङको बेसीशहर नगरपालिका वडा १ उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेसीशहर वडा नं. १ उदिपुर ढाडगाँउ बस्ने बर्ष ३१ बर्षिय अहिर परियारको मृत्यु दुर्घटनामा मृत्यु भएको हो । सोमबार साँझ ५ बजेको समयमो प्रदेश ०२०३–००१ त.५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्न जाँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि मृत्यु भएको ट्याक्टर चलक परियारको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याईको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक… पुरा पढौ

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदी बजारको पुल वारी क्षेत्रलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी “साम्बा” को सम्मानमा ’साम्बा चोक’ नामकरण गरिएको छ । सोमबार एक कार्यक्रम बिच सावित्राको फोटो सहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ उद्घाटन गरिएको हो । मस्र्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बा चोकको उद्घाटन गर्नुभएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न चोक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी… पुरा पढौ

आफ्नै छोराले गर्याे बाबुको हत्या

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ४ का ५७ वर्षीय नवराज गुरुङको हत्या गरेको अभियोगमा उनका आफ्नै छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको हत्या आरोपमा उनका छोरा २३ बर्षीय लु बहादुर गुरुङलाई पक्राउ परेको जनाएको हो। बाबुको हत्या अभियोगमा पक्राउ परेका लु बहादुर गुरुङ बैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो। प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको,… पुरा पढौ

लमजुङ नयाँ धार्मिक गन्तव्य धर्मनाथ धामको प्राण प्रतिष्ठा

लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोटमा स्थापना भएको सर्वोदय सेवाश्रममा आयोजना गरिएको सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको मंगलबार एक समारोहका विच समापन गरिएको छ । सो आश्रम परिषरमा स्थापित मूर्तिहरूको प्राण प्रतिष्ठाका साथमा लागि सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको समापन कार्यत्रक्रम कार्यत्रक्रममा गण्डकी प्रदेशका वन मन्त्री भेषबहादुर पौडेल प्रमुख अथिती रहनुभएको थियो । सो स्थानमा शिवजीको ध्यानात्मक मूर्तिका साथमा १०८ शिवलिङ्ग, १०८ गोमुखी धारा, १००८ शालिग्राम, एउटै ढुंगाबाट बनेको हनुमानको मूर्ति, गणेश भगवानको मूर्तिका साथमा ९ वटा चौतारा निर्माण गरिएको छ ।… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्छ

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले अभियानलाई सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको छ ।अभियान नेपालले स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारलाई “जन्मदिनमा वृक्षरोपण कार्यक्रम” लाई सम्बोधन हुने गरि सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको हो । जलवायु परिवर्तनको प्रभाव न्युनिकरण, प्रकृति वातावरण संरक्षण, आर्थिक सम्बृद्धि, सभ्य सु–संस्कृत समाज निर्माण लगाएतका मुख्य एजेन्डा लिएर अगाडि बढेको अभियानमा सरकारको पनि चासो हुनसके मुर्तरुप लिन सक्ने अपेक्षा गरेको छ । सार्वजनिक साथै निजी बाँझो जमिनको सदुपयोग, रोजगारीको सिर्जना, फलफूल… पुरा पढौ

धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ

पर्यटकिय नगरी पोखरामा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभरबाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो ।जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा सहभागी हुन पनि भक्तजनको लर्को लाएको आयोजकको भनाई छ । त्यसैले कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भन्छन्, ‘नेपालको पवित्र भूमिमा फेरि एउटा ऐतिहासिक र धर्ममय अध्याय लेखिँदै छ—गण्डकी कोटिहोम महायज्ञ ।’ ‘यो हाम्रो सनातन संस्कृति, सामाजिक सद्भाव र आत्मिक… पुरा पढौ

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलोमा पूर्णकदको शालिक निर्माण

लमजुङको मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरकोे स्मृतिमा निर्माण गरिएको सालिकको अनावरण र पार्कको उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति पौडेलले शालिक तथा पार्कको एक समारोहका विच उद्घाटन गर्नुभएको हो । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कवि घिमिरे नेपाली साहित्यमा कविता, गीत र महाकाव्यका लागि चम्किला तारा हुन् । उनको जन्मथलो लमजुङको… पुरा पढौ

स्रष्टा र साहित्यकारलाई सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैनः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताउनुभएको छ । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गर्नुभएको हो । “प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान… पुरा पढौ

रेडक्रस सोसाइटी गाउँशहरको सभातिमा कान्ता घिमिरे चयन

नेपाल रेडक्रस सोसाइटी गाउँशहर उपशाखाको १७ औं बार्षिक साधारण सभा एव्म छैटौं अधिवेसन सम्पन्न भएकोे छ । बेसीशहर नगरपालिकाको वडा नं ३ रानीकुवाको सामुदायिक भवनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका उपमन्त्री दिपक न्यौपानेको प्रमुख अतिथिमा कार्यक्रम भएको हो । अधिबेसनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित सभापतीमा कान्ता घिमिरे, उपसभापति उषा देवी घिमिरे, सचिवमा हरिचन्द्र बराल, कोषाध्यक्ष सरोज कुमार दनाई, उप कोषाध्यक्ष गीता बराल, सह सचिव सविता बराल, रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लोठ… पुरा पढौ