
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन पर्वको अवसरमा रहेका ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा राखी बाध्ने कार्यक्रमको आयोजना गरिएको छ । लमजुङको बेसीशहरमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय शाखामा सामुहिक रक्षा बन्धन राखी बाधिएको हो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई शाखाकी प्रमुख राधा भण्डारीले राखी बाँधेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । राखी बाँन्नको लागि शिक्षक, प्राध्यापक, प्रहरी, व्यापारी, लगायत सर्वधारणको बाक्लो उपस्थिति रहेको थियो ।

जनैपूर्णिमाको दिन राखी बाध्नु भनेको सबै आत्माहरु एकअर्काको भाई भाई भएकोले एक अर्कामा सम्मानका साथ माया ममता बढाउनुका साथै भाइचारको विकास गराउनु रहेको छ ।
साथै आफू र अरूलाई नकारात्मकता, अशुद्ध विचार र दुर्गुणहरूबाट बचाउने, परम्परागत राखी जस्तो मात्र नभई, यसमा आत्म–आत्माबीचको पवित्र र निस्वार्थ प्रेमको भावना जोडिने, राखी बाधेर आफूलाई परमपिता परमात्माको शक्तिशाली सुरक्षा–वृत्तभित्र अर्पण गरिनुका साथै राखी बाध्दा जीवनमा पवित्रता, सत्यता र अहिंसाको मार्गमा अघि बढ्ने भनी ईश्वरसँग प्रतिज्ञा गरिने ब्रह्माकुमारी राधा भण्डारीले बताउनुभयो ।











