चैत्र २३ देखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सव हुने

-


     नयाँ दीप    
     फागुन २४ गते २०८० मा प्रकाशित


आगामी चैत्रको अन्तिम साता हुने आठौँ लमजुङ महोत्सवको हुने भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी चैत्रको २३ गतेदेखि बैसाख ३ गतेसम्म हुने लमजुङ महोत्सवको आयोजना गरिएको बिहिबार बेसीशहरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो ।

जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रबद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो ।

महोत्सवका अवसरमा होमस्टेसहित जिल्लाका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, जिल्लामा औद्योगिक, व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी जिल्लालाई आत्मनिर्भर तुल्याई समग्र जिल्लाको आर्थिक बिकासमा टेवा पु¥याउने लगायतका उद्देश्य रहेका छन् ।

आर्थिक मन्दिको प्रभावले सूस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्याउने उद्धेश्यसहित महोत्सव गर्न लागिएको संघले जनाएको छ ।

महोत्सवमा विभिन्न जातजातीको झाँकी तथा र्याली, औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुको बिशेष प्रदर्शनी, कृषि, जडिबुटि, बृत्तचित्र प्रदर्शनी गरिने संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । यस्तै जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी र गृहिणी नृत्य लगाएतका प्रतियोगीता गरिने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि संघले मुल आयोजक समिति चयन भईसकेको र उपसमिति चयन हुने क्रममा रहेको आयोजकले जनाएको छ । महोत्सवमा दुईसय बढि व्यवसायिक स्टलहरु हुने तयारी छ ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गुणराज सिलवाल, पुर्व अध्यक्ष राजेश थापा, पुर्व अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी लगायत संघका पदाधिकारी एवं जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।