बेसीशहर नगरपालिकाको सार्वजनिक सुनुवाई

-


     भरत बाबु घिमिरे     
     माघ १९ गते २०८० मा प्रकाशित


लमजुङको बेंसीशहर नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो अर्धवार्षिकमा भएका स्थानीय विकास निर्माण, सेवा प्रवाह र शासकीय काम कारवाहीका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

बेंसीशहर नगरपालिकाले नगरवासीको आवाज–मेयरको जवाफ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीहरुले नरपालिका भित्रका विकास, स्वास्थ्य, शिक्षा लगायतका क्रमका देखिएका र चित्त नबुझेका कुराहरु राखेका थिए ।

संकलित प्रश्नहरुको जवाफ नगरप्रमुख गुमानसिंह अर्यालले र उपप्रमुख पद्मा गुरुङले दिनुभएको थियो ।

नगर प्रमुख अर्यालले नागरिकसँग दोहोरो संवाद स्थापित गर्न सार्वजनिक सुनुवाइले सहयोग बताउनुभयो । सार्वजनिक सुनुवाइमा हुने संवादबाट नगरपालिकाका नागरिकले सूचना पाउने, नगरपालिकाको समग्र विकासबारे नागरिकले बुझ्न पाउने र नागरिकको रचनात्मक प्रतिक्रिया पाउने भएकाले यसबाट आगामी योजना निर्माण, विकास तथा समृद्धिमा थप सहयोग पुग्ने नगरप्रमुख अर्यालले विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै न्यायिक समितिले गर्दै आएको कार्यहरुको बारेमा उपप्रमुमख पद्मा गुरुङले जानकारी गराउनुभएको थियो भने नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले चालु आर्थिक वर्ष २०८०⁄०८१ को प्रथम अर्धबार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।