शव ल्याउन सहयोग संकलन

-


     नयाँ दीप    
     माघ २२ गते २०८० मा प्रकाशित


यहि माघ महिनाको १७ गते हृदयघातका कारण जापानमा मृत्यु भएका युवराज तमाङको शव नेपाल ल्याउनको लागि सहयोग संकलन सुरु गरिएको छ ।

उनको शव नेपालमा ल्याउन करिव १४ लाख रुपैया चाहिने हुँदा जापान र लमजुङमा सहयोग संकलन सुरु गरिएको हो ।
गतबर्ष मात्रै ऋणधन गरेर जापान पुगेका २२ बर्षिय तामाङको घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारले सहयोगको अपिल गरेको छ । आवश्यक रकम जति छिटो जम्मा गर्न सक्यो त्यति छिटो तामाङको शव ल्याउन सकिने बताइएको छ ।

लमजुङको दोर्दी गाँउपालिका वडा नम्बर ६ घर भएका तमाङ गतबर्षको माघ महिनामा शैक्षिक भिषामा जापान गएका थिए । अध्ययनको लागि तामाङ जापानको नागोया सहरमा बस्दै आएका थिए ।

तामाङलाई सहयोग गर्नको लागि उनका दिदी कुमारी तामाङको लक्ष्मी सनराइज बंैकको निम्न लिखित खातामा रकम जम्मा गर्न सकिने छ ।

Account Details

Account Name – Kumari Tamang

Account Number -0041136997301001

Bank Name – Sunrise Bank