शिवरात्रीको अवसरमा मर्स्याङ्दीमा भलिबल प्रतियोगिता

-


     नयाँ दीप    
     फागुन २६ गते २०८० मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकामा वडा ८ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महाशिवरात्री पर्वको अवसर पारी स्थानीय प्रभात प्रगतिशिल युवा क्लव भगंरी मुल बजारको आयोजनामा भलिवल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा आयोजक प्रभात प्रगतीशिल युवा क्लवले प्रथम स्थान हासिल गरी नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यस्तै वडा नं ९ मा रहेको ट्रयाङगल जापनिज ल्याङ्ग्वेज इस्टिच्युट सिम्पानी द्धितिय भई नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला उपसचिव जीतबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिका भित्रका ११ टिम सहभागी भएका थिए ।

प्रतियोगिताको शुक्रबार मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले र भलिबल संघ लमजुङका अध्यक्ष दिवाकर बराललाई भलिबल हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुभएको आयोजक क्लवका अध्यक्ष अनिल गुरुङले बताउनुभयो ।