
लमजुङको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीले बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०÷५० को अनुपातमा भवन बन्नेछ । स्थानीय तहको ५० प्रतिशत मध्ये स्थानीय पूर्वाधार(म्इीक्ष्)को १० प्रतिशत र दोर्दी गाउँपालिकाको ४० प्रतिशत मा जम्मा ८ करोड ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर देवकोटा–गणपति जेभीले २०८० माघ १ गते भ्याटसहित ६ करोड ६० लाख ६४ हजार १ सय ५४ रुपैयाँ ९९ पैसामा सम्झौता गरेको छ ।

प्रशासकीय भवन अपांग मैत्री लिफ्ट सहितको ३ तल्ला रहने छ । भवनमा कूल २५ वटा कोठा रहने छन् जसमा अध्यक्ष र उपाध्यक्षको अलग–अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष लगायत रहनेछन् ।
निर्माण व्यवसायीले प्रशासकीय भवनको निर्माणकार्य २०८२ जेठ २५ गते भित्र सक्ने गरी सम्झौता गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
यता मस्र्याङदी गाउँपालिकको प्रशासकिय भवनको माघ १६ गते उद्घाटन गरी संघीय सरकारको ६०÷४० प्रतिशतको अनुपातमा जम्मा ८ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर ठेक्का दिई निर्माण कार्य सुरु गरिएको छ ।
प्रशासकीय भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिइएको छ ।