Author Archive

प्रदेश अस्पताल लमजुङद्वारा अन्तरक्रिया तथा कार्यशाला गोष्ठी आयोजना

प्रदेश अस्पताल लमजुङले आफूले प्रवाह गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले स्थानीय तह तथा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वयात्मक कार्यशाला गोष्ठी आयोजना गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष पुरनबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटा, सर्जन डा. विवेक पौडेल तथा डा. अमृत अधिकारीले अस्पतालले प्रदान गरिरहेका सेवा तथा हालसम्म सम्पन्न गरेका कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङ ५० शय्याको… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन

गण्डकी प्रदेश सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुराना सबै मन्त्रीलाई बिदा दिँदै नयाँ टिम गठन गरेका हुन्। सत्ता साझेदारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सुरुमा आलोपालो नेतृत्वको सहमति भए पनि अहिलेको अवस्थाले कांग्रेसले नै सरकारको नेतृत्व निरन्तर गर्ने संकेत दिएको छ। नयाँ मन्त्रीमण्डलमा दुवै दलबाट समान चार–चार जना मन्त्री समावेश छन्। कांग्रेसतर्फ जीत शेरचन अर्थ, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन… पुरा पढौ

आज देखि नयाँ वर्ष सुरु, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग… पुरा पढौ

राइनासकोटमा लालिगुँरास ढकमक्क, पर्यटकको भीडले होमस्टे भरिभराउ

लमजुङ जिल्लाको राइनास नगरपालिका–९ स्थित राइनासकोट यतिबेला लालिगुँरासले राताम्य बनेको छ। वसन्त ऋतु सुरु भएसँगै डाँडाकाँडामा ढकमक्क फुलेका गुराँस हेर्न जिल्ला भित्र तथा बाहिरबाट दैनिक हजारौं पर्यटकहरू आउने गरेका छन्। यहाँको मनमोहक दृश्य, हिमालको दृश्यावलोकन र गुरुङ संस्कृतिको अनुभव लिन आउने पर्यटकको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको स्थानीयवासी बताउँछन्। सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएपछि अझ बढी पर्यटक आकर्षित भएका हुन्। राइनासकोटमा भूकम्पपछिको पुनर्निर्माणसँगै सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। यहाँको होमस्टे औपचारिक रूपमा सन् २०१७ डिसेम्बर ८ (२०७४… पुरा पढौ

क्व्होलासोंथार अध्यक्ष कपमा पुरुष र महिला दुबै उपाधी पसगाउँलाई

लमजुङको क्व्होलासोथार गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं ६ पसगाउँले जितेको छ। युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं। ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो चरणमा ३–३ को बराबरी भएपछिको सडनडेथमा सिङ्दी गोल गर्न चुकेपछि पसगाउँ ४–३ गोलले विजयी बनेको हो । महिलातर्फको फाइनलमा वडा नं। १ बाग्लुङपानीलाई ३–०… पुरा पढौ

मर्स्याङ्दीमा सडक सुरक्षा सचेतना कार्यक्रम, ब्रेथलाइजर मेसिन हस्तान्तरण

लमजुङको मर्स्याङ्दीमा गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। मस्र्याङ्दी गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको हो। मस्र्याङ्दी–९ खुदीस्थित साम्बाचोकमा आयोजित कार्यक्रमका क्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।… पुरा पढौ

लमजुङमा ब्लड डोनर्स एप्स सार्वजनिक, रगत व्यवस्थापन अब डिजिटल रुपमा

लमजुङको बेसीशहर युथ सोसाईटी सेराद्वारा विकसित “ब्लड डोनर्स” एप्स सार्वजनिक गरिएको छ। शनिबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले एक कार्यक्रम बिच ब्लड डोनर्स एप्सको उद्घाटन गरेका गर्नुभएको हो । यस एप्समार्फत प्रयोगकर्ताहरूले अब आवश्यक रगत कहाँ उपलब्ध छ भनेर खोज्न तथा ब्लड ब्याङ्कमा कति रगत मौज्दात भनेर हेर्न, रगत दान गर्ने दाताहरुको नाम हेर्न तथा एम्बुलेन्स सेवा सम्बन्धी जानकारी लिन सजिलै सक्नेछन्। युवाहरुले समाजमा फाइदा हुने काम गरेकोमा मेयर अर्यालले प्रसंसा गर्दै बेसीशहर युथ सोसाइटीलाई धन्यवाद दिनुभयो । आपतकालिन अवस्थामा… पुरा पढौ

सरकारी कार्यालयमा साताको दुई दिन बिदा, कार्यालय समय ९ देखि ५ सम्म

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने… पुरा पढौ

पूर्व राष्ट्रसेवक तथा नागरिक संघको कार्यालय उद्घाटन

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ कास्की जिल्ला कार्यसमितिको आयोजनामा शनिबार कार्यालय उद्घाटन तथा २०८३ वार्षिक क्यालेण्डर विमोचन गरिएको छ । पोखरामा भएको कार्यक्रममा पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविनको प्रमुख आतित्थ्ता भएको थियो भने राष्ट्रसेवक तथा नागरिक संघ कास्कीका जिल्ला अध्यक्ष मनबहादुर बस्नेत अध्यक्षतामा भएको थियो । कार्यलयको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविन कार्यक्रमका प्रमुख अतिथि रावलले पोखरा महानगरपालिका १० शिसुवामा संघको कास्की शाखाको कार्यालयको उद्घाटन गर्नुभएको थियो भने संघको केन्द्रले निकालेको आगामी… पुरा पढौ

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु १२ जना घाइते

लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा परी मस्र्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो । उनीहरूलाई उपचारका क्रममा बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा चिकित्सकले मृत घोषणा गरेका हुन् । बेंसीसहरबाट मस्र्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर दुर्घटना भएको हो । जिप उकालोको घुमाउरो… पुरा पढौ