पूर्व राष्ट्रसेवक तथा नागरिक संघको कार्यालय उद्घाटन

-


     नयाँ दीप    
     चैत्र २१ गते २०८२ मा प्रकाशित


पूर्व राष्ट्रसेवक तथा नागरिक संघ कास्की जिल्ला कार्यसमितिको आयोजनामा शनिबार कार्यालय उद्घाटन तथा २०८३ वार्षिक क्यालेण्डर विमोचन गरिएको छ ।

पोखरामा भएको कार्यक्रममा पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविनको प्रमुख आतित्थ्ता भएको थियो भने राष्ट्रसेवक तथा नागरिक संघ कास्कीका जिल्ला अध्यक्ष मनबहादुर बस्नेत अध्यक्षतामा भएको थियो ।

कार्यलयको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविन

कार्यक्रमका प्रमुख अतिथि रावलले पोखरा महानगरपालिका १० शिसुवामा संघको कास्की शाखाको कार्यालयको उद्घाटन गर्नुभएको थियो भने संघको केन्द्रले निकालेको आगामी बैशाख १ गतेबाट सुरु हुने नयाँ वर्षको बार्षिक क्यालेन्डर समेत उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय संरक्षक शिव प्रसाद न्यौपाने, कानुनी सल्लाहकार संयोजक मदन प्रसाद तिवारी तथा केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कडेल, केन्द्रीय प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्ष गंगादेवी बराल, महासचिव चन्द्रबहादुर भुजेल, सचिवसुन्दर शर्मा पौडेल, सह–सचिव मुक्ति प्रसाद शर्मा पौडेल तथा कोषाध्यक्ष अप्सरा बराल लगायत केन्द्रीय तथा विभिन्न जिल्लाका पदाधिकारीहरूको लगायत कास्की, स्याङ्जा तथा लमजुङ जिल्लाका पदाधिकारी एवं सदस्यहरू, सल्लाहकारहरू, आजीवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

पूर्व राष्ट्रसेवक तथा नागरिक संघले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविनले बताउनुभयो । संघको कार्यालय स्थापना भएपछि आगामी दिनमा थप सहज हुुने अध्यक्ष रावलको भनाई छ ।

कार्यक्रममार्फत संगठनको संस्थागत सुदृढीकरण, सेवा भावनाको विस्तार तथा आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ ।